ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा अनेरास्ववियु, नियन्त्रणमा ‘डेढ दर्जन सरकारी गाडी’


एबीसी / संवाददाता

काठमाडौं, १२ जेठ । पेट्रोलियम पदार्थको मुल्य वृद्वि भएसँगै पोखरामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।वृद्वि मुल्य फिर्ताको माग गर्दै पोखरामा डेढ दर्जन सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ ले जानकारी दिए ।

उनका अनुसार जिरोबाट ५, महेन्द्रपुलबाट १ मोटरसाईकल सहित ३, पृथ्वीचोकबाट गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरि चुमानले प्रयोग गरको स्कोर्पियो तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ४ वटा गाडी, पिएन क्याम्पस गेटबाट ५ वटा, बाग्लुङ बसपार्क र सभागृहमा समान १/१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ ।

‘हामीले नै चाँबी लिएका छैनौ जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई बुझाएका छौ । बेलुकी ५ बजे हाम्रै उपस्थितिमा चाँबी फिर्ता गर्ने सहमति भएको छ, उनले भने, ‘आज शान्तिपूर्ण विरोध जनाएका छौ । यसलाई सरकारले बेवास्ता गर्यो भने भोलीदेखि कडा आन्दोलन थाल्छौ ।’

विहान १० बजे पृथ्वीनारायण क्याम्पसदेखि सुरु गरेको सवारी साधन नियन्त्रण कार्यक्रम ३५ जना बढिको उपस्थितिमा पोखराको विभिन्न चोकहरुमा गरिरहेको उनले बताए । उनका अनुसार ७७ वटै जिल्लामा एकसाथ सरकारी सवारी साधन नियन्त्रण गरि विरोध जनाउने कार्यक्रम जारी छ ।

गत ९ गतेदखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइएको थियो । प्रतिलिटरमा १० रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढाउदै प्रतिसिलिण्डर १ हजार ८ सय पुगेको छ । आयल निगमले नोक्सानी व्यहोर्न परेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com