ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरिवंश बिवाइडीका ब्राण्ड एम्बेसडर


एबीसी / संवाददाता
जेष्ठ ९, २०७९ सोमबार   ४ : ५०   बजे

काठमाडौं, ९ जेठ ।  वरिष्ठ कलाकार हरिवंश आचार्य चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिनुभएको छ । बिवाइडी कम्पनीको नेपालस्थित अधिकृत विक्रेता साइमेक्स इंकले वरिष्ठ कलाकार आचार्यलाई ‘ब्राण्ड एम्वेसडर’ नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा साइमेक्स इंक नेपाल र हरिवंश आचार्यबीच शनिबार हस्ताक्षर भएको छ ।

बिवाइडीद्वारा निर्मित नयाँ इलेक्ट्रिक भेइकल ‘एटो थ्री’को व्यापार प्रवद्र्धनका लागि आचार्यसँग सहकार्य भएको साइमेक्स इंकले प्रेस विज्ञप्तिमा जनाएको छ ।साइमेक्स इंकसँग ब्राण्ड एम्बेसडर सम्झौतापछि समारोहमा बोल्दै वरिष्ठ कलाकार आचार्यले भन्नुभयो–‘बढ्दो सवारी प्रदूषणले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ र, जलवायु परिवर्तनले पृथ्वीको वातावरणलाई असन्तुलित बनाइरहेको छ । यस्तो बेला इलेक्ट्रिक भेइकल कम्पनी बिवाइडीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको छ । उहाँले भन्नुभयो, ‘बिवाइडीसँगको मेरो सहकार्यले नेपालका सडकहरुमा वातावरणमैत्री विद्युतीय सवारी साधनको संख्या बढोस् ।’

वरिष्ठ कलाकार आचार्य एउटा कलाकार मात्र नभई सामाजिक अभियन्ता भएकोले स्वच्छ, स्वस्थ वातावरण निर्माणमा उहाँसँगको सहकार्य सफल हुने विश्वास साइमेक्स इंकले लिएको छ ।

बिवाइडी कम्पनीको आधिकारिक विक्रेता साइमेक्स इंकले गत शनिबार नगरकोटमा डिलरहरुको सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा देशभरिका ११ वटा डिलर सहभागी भएका थिए । सहभागीहरुले देशभरि इलेक्ट्रिक भेइकलको व्यापार प्रवद्र्धन गर्न राजमार्गका साथै प्रमुख सहरहरुमा चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न र नेपालमै उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि विद्युतीय सवारी साधनको विकल्प छैन ।नेपाल सरकारले पनि सन् २०२४ सम्म विद्युतीय सवारी साधनको संख्या २० प्रतिशत पु¥याउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । सरकारले सन् २०३० सम्म विद्युतीय सवारीको संख्या ६० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । यसका लागि सरकारले विद्युतीय सुविधा उपलब्ध गराउनुपर्छ । र विद्युतीय सवारी साधनको बिक्री वितरण बढाउन स्थिर नीति आवश्यक पर्छ । साइमेक्स इंकका अनुसार नेपालमा बिवाइडी इ–६ कार, एम थ्री भ्यान र विद्युतीय बस गरी करिब ३५० वटा इलेक्ट्रिक सवारी साधन सडकमा गुडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group