ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशमा एमाले तेस्रो स्थानमा धकेलियो


एबीसी / संवाददाता

काठमाडौंं– संघीय राजधानी रहेको बागमती प्रदेशमा यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्यो। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले प्रमुखमा ५८ पालिका जित्न सफल भयो। त्यस्तै एक महानगरपालिकामा अग्रता कायम गरिरहेको छ। नेकपा एमाले भन्दा यस पटक माओवादी केन्द्र सफल देखियो।

माओवादीले बागमती प्रदेशमा २६ पालिकामा प्रमुख जित्न सफल भयो भने एक महानगरमा अग्रता लिइरहेको छ।

 

एमाले तेस्रो स्थानमा रहँदै २६ पालिकामामा सीमित भयो। त्यस्तै नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादीले ४ पालिकामा जित हात पार्न सफल भयो। पहिलो पटक निर्वाचनमा भाग लिएको एकीकृत समाजवादीले हेटौंडा उपमहानगरसहित अन्य २ पालिकामा प्रमुखमा जित हात पार्‍यो। बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिकाको प्रमुख जित्यो भने नेपाल मजदुर किसान पार्टीले एक पालिकामा प्रमुख र उपप्रमुख जित्यो।

काठमाडौं महानगरमा राजनीतिक दलहरुले प्रमुख गुमाउने अवस्था देखिएको छ। हालसम्मको मतगणना परिणाममा स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौंं महानगरमा अग्रता कायम गरिरहेका छन्। उपप्रमुखमा भने एमालेले अग्रता कायम गरिरहेको छ।

जिल्लागत अवस्था 
१.दोलखा- कांग्रेस र माओवादी बराबर
नेपाली कांग्रेस-३, गत निर्वाचनमा -२
(कालिन्चोक, भीमेश्वर, वैतेश्वर)
एमाले -२, गत  निर्वाचनमा- ७
(जिरी, मेलुङ)
माओवादी-३, गत वर्ष-०
(गौरीशंकर, शैलुङ,विगु)

एकीकृत समाजवादी
तामाकोसी

२.सिन्धुलीमा माओवादी पहिलो पार्टी
माओवादी- ४, गत निर्वाचनमा-३
(दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र हहिरपुरगढी गाउँपालिका)

नेपाली कांग्रेस-३, गत निर्वाचनमा -३
(घ्याङलेख गाउँपालिका, कमलमाई गाउँपालिका , तीन पाटन गाउँपालिका)

एमाले -२ गत निर्वाचनमा-३
(गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका)

३.रामेछाप माओवादी र एमाले बराबर
नेपाली कांग्रेस- ३, गत निर्वाचनमा- १
(गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिका)

एमाले-३, गत निर्वाचनमा- ५
(उमाकुण्ड गाउँपालिका,खाँडादेवि गाउँपालिका र मन्थली नगरपालिका)

माओवादी-२, गत निर्वाचनमा-२
(दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिका)

४.सिन्धुपाल्चोक नेपाली कांग्रेस पहिलो
कांग्रेस-५, गत निर्वाचनमा-३
(हेलम्वु गाउँपालिका, मेलम्ची नगरपालिका ,त्रिपुरासुन्दरी गाउँपालिका,बाह्विसे नगरपालिका,भोटेकोशी गाउँपालिका)

एमाले-३, गत निर्वाचनमा-७
(इन्द्रावती गाउँपालिका ,पाँचपोखरी थाङपाल गाउँपालिका र सुनकोशी गाउँपालिका)

माओवादी-४, गत निर्वाचनमा-२
(जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी गाउँपालिका, बलेफी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका)

५.काभ्रेपलान्चोक नेपाली कांग्रेस पहिलो (पाँचखाल गणना चलिरहेको)
नेपाली कांग्रेस-७, गत निर्वाचनमा -४
(तेमाल गाउँपालिका,नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, बनेपा नगरपालिका, वेथानचोक गाउँपालिका  र रोशी गाउँपालिका)

एमाले-१, गत निर्वाचनमा-७
धुलिखेल नगरपालिका
माओवादी-४, गत निर्वाचनमा-२
(खानी खोला गाउँपालिका,चौरी देउराली गाउँपालिका ,भुम्लु गाउँपालिका र महाभारत गाउँपालिका)

एकीकृत समाजवादी-१
मण्डन देउपुर गाउँपालिका

६. ललितपुर   (ललितपुर महानगर गणना चलिरहेको)
नेपाली कांग्रेस-५, गत निर्वाचनमा -३
(कोन्ज्योसोम गाउँपालिका,गोदाबरी गाउँपालिका,महांकाल गाउँपालिका र वागमती गाउँपालिका)

एमाले-१, गत निर्वाचनमा-२
(महालक्ष्मी नगरपालिका),
माओवादी गत निर्वाचनमा १

७.भक्तपुरमा कांग्रेस पहिलो
नेपाली कांग्रेस- २, गत निर्वाचनमा-०
चागुँनारायाण नगरपालिका र मध्यपुर थिमि

एमाले -१ गत निर्वाचनमा-३
सूर्यविनायक नगरपालिका
अन्य १ गत निर्वाचनमा-१
भक्तपुर नगरपालिका (नेमकिपा)

८. काठमाडौंं- कांग्रेस पहिलो पार्टी
नेपाली कांग्रेस-७, गत निर्वाचनमा-४
(दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका, गोकर्णेश्वर नगरपालिका , चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिका)

एमाले-२, गत निर्वाचनमा-६
(बूढानीलकण्ठ  नगरपालिका र  टोखा नगरपालिका)
अन्य -२
शंखरापुर  नगरपालिका(राप्रपा) र काठमाडौं महानगरमा स्वतन्त्र अग्रता

९.नुवाकोटमा नेपाली कांग्रेस पहिलो
कांग्रेस-७, गत वर्ष-७
(तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका,लिखु गाउँपालिका,विदुर नगरपालिका र  शिवपुरी गाउँपालिका र सुर्यगढ गाउँपालिका)
माओवादी-४, गत निर्वाचनमा-२
(दुप्चेश्वरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका, वेलकोट नगरपालिका र ककनी गाउँपालिका)
एमाले-१, गत निर्वाचनमा-३
किस्पाङ गाउँपालिका

१०.रसुवा- कांग्रेस पहिलो पार्टी
कांग्रेस-३,  गत निर्वाचनमा-२
(कालिका गाउँपालिका,नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिका)

एमाले -२, गत निर्वाचनमा-२
(उत्तरगया गाउँपालिका र  गोसाईकुण्ड गाउँपालिका)

११. धादिङ-कांग्रेस पहिलो
कांग्रेस-७, गत निर्वाचनमा-३
(खनियाँबास गाउँपालिका,गंगाजमुना गाउँपालिका,ज्वालामुखी गाउँपालिका,त्रिपुरा सुन्दरी गाउँपालिका,निलकण्ठ नगरापालिका, नेत्रावती डबजोङ गाउँपालिका र सिद्धलेक गाउँपालिका)

एमाले-२, गत निर्वाचनमा-७
(गल्छी गाउँपालिका र थाक्रे गाउँपालिका)
माओवादी-३ गत निर्वाचनमा-१
(गजुँरी गाउँपालिका,बेनीघाट रोराङ गाउँपालिका र रुविभ्याली गाउँपालिका)
एकिकृत समाजवादी-१
धुनीवेशी नगरपालिका

१२.मकवानपुर- कांग्रेस पहिलो
नेपाली कांग्रेस-५, गत निर्वाचनमा-२
(कैलास गाउँपालिका, बकैया गाउँपालिका,मकलवानपुरगढी गाउँपालिका,मनहरि गाउँपालिका र राक्सिराङ्ग गाउँपालिका)

एमाले-२, गत निर्वाचनमा-६
(इन्द्रसरोबर गाउँपालिका र भिमफेदी गाउँपालिका)
माओवादी-२, गत निर्वाचनमा-२
(थाहा नगरपालिका र बागमती गाउँपालिका)
एकीकृत समाजवादी-१
हेटौडा उपमहानगरपालिका

१३. चितवन -एमाले पहिलो (भरतपुर मत गणना चलिरहेको)
कांग्रेस-२, गत निर्वाचनमा-१
(खैरहनि नगरपालिका र रत्ननगर नगरपालिका)

एमाले-३, गत निर्वाचनमा-४
(इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र माडी नगरपालिका)

माओवादी- १ भरतपुर महानगरपालिका (अग्रता), गत निर्वाचनमा-२

एकीकृत समाजवादी
राप्ती नगरपालिका

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com