ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६८५ तहको नतिजा सार्वजनिक : कांग्रेस जित्यो ३०३ पालिका, एमाले र माओवादीले कति जिते ?


एबीसी / संवाददाता

काठमाडौं, ७ जेठ ।  स्थानीय तह निर्वाचनको मत गणना अन्तिम चरणमा पुग्दै गर्दा कांग्रेसले अहिलेसम्म ३०३ स्थानीय तहमा जित हासिल गरेको छ। सात सय ५३ स्थानीय तहमध्ये शनिबार बिहानसम्म देशभरका ६८५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

सार्वजनिक परिणाम अनुसार अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म कांग्रेसले ३०४ स्थानीय तहमा प्रमुख जितेको छ भने मतगणना चलिरहेका २४ स्थानीय तहमा अझै पनि अग्रता कायम राखेको छ।

२०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै पालिका जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनमा कांग्रेसभन्दा निकै पछि परेको छ।

शनिबार बिहानसम्मको तथ्यांक अनुसार एमालेले अहिलेसम्म १८७ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका देशभरका २१ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्।

२०७४ को तुलनामा यो निर्वाचनबाट आफ्नो अवस्था सुधार गरेको माओवादी केन्द्रले अहिलेसम्म ११७ पालिकाको प्रमुख जितेको छ भने ४ तहमा अग्रता कायम राखेको छ। ०७४ मा माओवादीले १०६ पालिका प्रमुख जितेको थियो।

जनता समाजवादी पार्टी (जसपा) ले अहिलेसम्म २८ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ। उसले ९ स्थानीय तहमा अग्रता कायम गरेको छ। एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म १७ स्थानीय तहको प्रमुख जितेको छ। २ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ।

अहिलेसम्म देशभरमा ६ स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। महन्थ ठाकुर नेतृत्वको लोसपाले अहिलेसम्म १० स्थानीय तहको प्रमुख जितेको छ भने मतगणना चलिरहेका ६ स्थानमा अग्रता कायम राखेको छ।राष्ट्रिय जनमोर्चाले अहिलेसम्म चार स्थानीय तहको प्रमुख जितेको छ भने राप्रपाले चार तहको प्रमुख जितेको छ। रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा प्रमुख जितेको छ भने सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई पालिका प्रमुख जितेको छ।

नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा मात्रै जित हासिल गरेको छ भने तमलोपाले धनुषाको एक स्थानीय तहको प्रमुख जितेको छ। विवेकशील साझा पार्टीले पनि एउटा स्थानीय तहको प्रमुख जितेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com