ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ सय ४८ पालिकाको मत परिणाम : कांग्रेस २ सय ९१, एमाले १ सय ७९ र माओवादी १ सय १२ वटामा विजयी


एबीसी / संवाददाता

काठमाडौं, ६ जेठ ।  पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ४८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९१ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ ।

कांग्रेस

दुई सय १६ वटा नगरपालिका र चार सय ३२ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय नौ वटा नगरपालिका र एक सय ८२ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८१ वटा नगरपालिका, एक सय ८३ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय १६ वटा वडाको अध्यक्ष पद जितेको छ ।

एमाले

दोस्रो स्थानमा रहेको एमालेले ६१ वटा नगरपालिकाको मेयर र एक सय १८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ७९ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ८२ वटा नगरपालिकाको उपमेयर, एक सय १९ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार नौ सय २९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

माओवादी

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९२ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १२ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९२ वटा गाउँपालिकाको उपाध्यक्ष र नौ सय ९२ वटा वडाको अध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले ६ वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष, आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

जसपा

जनता समाजवादी पार्टी ९जसपा० ले चार वटा नगरपालिकाको मेयर, १६ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १४ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

अन्य/स्वतन्त्र

बाँकी पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com