ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोट माग्न घर घरमा पुगे उम्मेदवार


एबीसी / संवाददाता

काठमाडौं १४ वैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासँगै टोल–टोलमा चुनावी अभियान सुरु भएका छन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न थालेका छन् । उम्मेदवारी दर्तालगत्तै परिणाम आफ्नो पक्षमा पार्न दलहरुले निर्वाचन परिचालनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा यतिबेला ठूला दलहरु केन्द्रित भएका छन् । यहाँ उम्मेदवारहरु पनि कर्णाली प्रदेशका अन्य स्थानीय तहबाट बढी छन् । वीरेन्द्रनगरमा प्रमुख÷उपप्रमुख, १६ वडाका अध्यक्ष, सदस्य गरी ४७७ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा १७, उपप्रमुखमा १५ जना उम्मेदवारी छ ।
त्यस्तै वडाध्यक्षमा १०७, महिला वडा सदस्यमा ८५, दलित महिला सदस्यमा ७३, खुला सदस्यमा १८० जनाले मनोनयन दर्ता गरेका छन् । हरेक वडामा टोल कमिटीले आ–आफ्ना दलको झन्डा, उम्मेदवारहरुको फोटो, निर्वाचन चिह्न प्रचारमा जुटिसकेका छन् । वीरेन्द्रनगरको नगरप्रमुख पदमा नेपाली कांगे्रसबाट उपेन्द्र खड्का, नेकपा ९एमाले०बाट मोहनमाया ढकाल, नेकपा ९माओवादी केन्द्र० बाट राजेन्द्र गिरी, नेकपा ९एकीकृत समाजवादी० बाट धना शाही, राप्रपाबाट मुकुन्दश्याम गिरीको उम्मेदवारी परेको छ । त्यस्तै, उपप्रमुखमा कांगे्रसबाट रामकुमारी थापा, एमालेबाट नीलकण्ठ खनाल, माओवादी केन्द्रबाट शान्ति ढकाल, एकीकृत समाजवादीबाट वीरबहादुर रावत, रापप्राबाट लक्ष्मीकुमारी विकले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । प्रमुख÷उपप्रमुख लगायतका पदमा साना दल र स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

कांगे्रसले आधिकारिक उम्मेदवारहरुलाई विजयी गराउन अपिल गर्दै वडा तथा टोल कमिटीहरुलाई निर्वाचन अभियानमा होमिन अपिल गरेको छ । कांगे्रसका वीरेन्द्रनगर कार्य समिति सचिव रमेश सापकोटाले मङ्गलबार वडा सभापतिहरुसहितको बैठक बसेर टोलटोलमा केन्द्रित हुने निर्णय गरेको जानकारी दिनुभयो । “टोल कमिटीलाई सक्रिय बनाएर उम्मेदवारसहित घरदैलो गर्ने, वडास्तरमा निर्वाचन परिचालन र प्रचार समिति तत्काल गठन गरी सम्पूर्ण क्रियाशील सदस्यलाई परिचालन गर्ने निर्णयअनुसार आजदेखि चुनावी अभियान सुरु भइसकेको छ,” उहाँले भन्नुभयो, “नगरप्रमुखदेखि वडा सदस्यसम्मका उम्मेदवारहरुले भोट माग्न थालिसकेका छन्, सिङ्गो पार्टीपङ्क्ति पनि आफ्ना उम्मेदवारको प्रचारका लागि खटिएको अवस्था छ ।”

एमाले ले पनि आफ्ना उम्मेदवारलाई विजयी बनाउन घरदैलो कार्यक्रम लगायतका चुनावी अभियान सञ्चालन गरिसकेको छ । एमाले जिल्ला प्रचार विभागका प्रमुख गङ्गाराम तिमिल्सेनाका अनुसार वैशाख २७ गते वीरेन्द्रनगरको पीपलचौतारीमा नगरस्तरीय जनसभा र त्यसअघि वैशाख १६ देखि १९ गतेसम्म नगरका चार स्थानमा कोणसभाको आयोजना गर्ने भएको छ । माओवादी केन्द्र, रापप्राले पनि वीरेन्द्रनगरमा चुनावी अभियान थालिसकेका छन् । वीरेन्द्रनगरमा ६७ हजार ५७ मतदाता छन् । स्थानीय तह निर्वाचन २०७४ मा नगरप्रमुखमा कांगे्रसका देवकुमार सुवेदी र नगर उपप्रमुखमा एमालेका मोहनमाया ढकाल निर्वाचित हुनुभएको थियो । कूल १६ वडामध्ये एमालेले नौ वडा, कांगे्रसले ६ र माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जितेका थिए ।

यसपटक कर्णालीका अन्य जिल्लामा सत्ता साझेदार दलहरुले तालमेल निर्णय गरे पनि सुर्खेतमा भने ती दलले अलग–अलग उम्मेदवारी दिएका छन् । सुर्खेतका अन्य स्थानीय तहमा पनि चुनावी रौनक सुरु भइसकेको छ । सुर्खेतमा नौ स्थानीय तह छन् । ती सबै स्थानीय तहमा दलहरुले अलग–अलग उम्मेदवारी दर्ता गरेका छन् । कतिपय स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरेर जाने सहमति भइरहेको जनाइएको छ । सुर्खेतमा मुख्य गरी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com