ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढीगण्डकी जलविद्युत परियोजना निर्माणको खारेजीको माग


admin
असार २८, २०७४ बुधबार   ३ : ४०   बजे

काठमाडौं २८ असार ।
नयाँ शक्ति पार्टी, नेपालले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय तुरुन्त खारेज गर्नुपर्नेमा मागसहित सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा सिंहदरबार पुगेर नयाँ शक्ति नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई १३ बुदें ज्ञापन पत्र बुझाउदै यस्तो माग गरको हो ।
बूढीगण्डकी परियोजनाका सम्बन्धमा चिनियाँ कम्पनीसँग भएको समझदारी गैरकानुनी र राष्ट्रिय स्वाभिमानविपरीत रहेको नयाँ शक्तिको ठहर छ ।

नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको निर्माणका लागि अन्तराष्ट्रिय प्रतिष्पर्धा गराएर यथाशीघ्र सुपरविजन कन्सल्ट्यान्ट र आयोजना निर्माण कन्ट्रयाक्टर छनोट गरी निर्माण कार्य सुरु गर्न माग गरेको छ ।
आयोजना नेपाल सरकारको लगानी, मुलुकभित्रका बैंकहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र सर्वसाधारणको शेयर र आवश्यक पर्ने भएमा अन्य देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा पाउने ऋण समेत लिएर नेपालीद्वारा नै निर्माण गर्न माग गरेको छ । आयोजना स्वदेशी लगानीमै बनाउन सकिनेमा नयाँ शक्तिको जोड रहेको भट्टराइले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण, पुर्नस्थापना लगायतका माग पनि समेटिएको छ । १ हजार २ सय मेगावाटको बुढीगण्डकी आयोजना पुष्पकमल दाहाल प्रचण्ड सरकारले चीनको विवादास्पद गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई निर्माण जिम्मा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group