ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत


एबीसी / संवाददाता
बैशाख १३, २०७९ मंगलबार  ५ : ३७ बजे

काठमाडौं १३ वैशाख । इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा उक्त मुलुकका लागि नेपालका गैरआवासीय राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुतीकरणका क्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपाली जनताका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको इस्लामावादस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।
श्री अधिकारीलाई इरानका लागि नेपाली राजदूतमा नियुक्त भएकामा राष्ट्रपति अयातोल्लाहले स्वागत गर्दै बधाई ज्ञापन गर्नुुभयो । राष्ट्रपतिले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपालका मित्रवत जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्दै आफ्नातर्फबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा र नेपाली जनतामा शुभकामना व्यक्त गर्न राजदूत अधिकारीलाई आग्रह गर्नुभयो ।
राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताउनुभयो । उहाँले नेपाल र इरान असंलग्न आन्दोलन, समूह ७७, संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा साझा सरोकारका विभिन्न विषयमा मिलेर काम गरिरहेको बताउनुभयो । राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन आफूले इमान्दार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा राष्ट्रपति भवन र विदेश मन्त्रालयका उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो । इस्लामाबादस्थित नेपाली दूतावासले इस्लामिक गणतन्त्र इरानलाई पनि सहप्रमाणीकरण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

रोल्पामा निर्वाचन प्रहरीमाथि कुटपिट, डीएसपी भन्छन्– अनुशासनमा राख्न खोजिएको मात्र

ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

आज मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

१४ जिल्लाको मतपत्र छाप्न बाँकी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com