ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धनमा पेल्ने कुरा हुँदैन : कृष्णबहादुर महरा


एबीसी / संवाददाता
बैशाख १२, २०७९ सोमबार  ४ : ३७ बजे

काठमाडौँ, १२ बैशाख । माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनमा आफ्नो हैसियत अनुसार पार्टीहरूबीच भागवण्डा भएको बताउनुभएको छ । सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै महराले गठबन्धनमा कसैले कसैले पेलेको अनुभूति नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो-‘कहिँ कहिँ काँग्रेसले माओवादीलाई पेलेको भन्ने, कहिँ माओवादीले काँग्रेसलाई पेलेको भन्ने कुरा आउने गरेको छ । आज बिहान काँग्रेसका केन्द्रीय सदस्य भन्नुहुन्थ्यो अति भयो, पेल्नुभयो धेरै, छोड्दिँउ भन्नुभयो । कतै काँग्रेसले पेलेको अनुभूति हुन्छ कतै माओवादीले काँग्रेस पेलेको अनुभूति हुन्छ । गठबन्धनमा यस्तो हुन्छ । गठबन्धन भनेकै फरक विचारधारा राख्ने पार्टीहरू बीचको संयुक्त मोर्चा हो । सबैकुरा भनेको जस्तो कहिँपनि हुँदैन ।’ उहाँले कुनैपनि पार्टीले पेलेको भन्ने महशुस गर्न नहुने बताउनुभयो। उहाँले गठबन्धनको मान्यतालाई मानेर आफ्नो हैसियत क्षमता जति छ त्यहीअनुसार भागवण्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो-‘कतै कतै के भएको छ भने काँग्रेस बाहेक सबै मिलेको छ । कतै काँग्रेस सहित सबैसँग मिलेको छ । तर यो कुरा बिस्तारै अघि बढ्छ । बिस्तारै कुरा मिल्छ ।’

चितवनको महानगर भरतपुर र दाङको घोराही उपमहानगरमा गठबन्धनले संयुक्त रुपमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । महराले ६० प्रतिशत गठबन्धन बनाउन सफल भएको र केही मिलाउन बाँकी रहेको बताउनुभयो । गठबन्धन मिलाएर जान कतै छलफल भइरहेको र बेलुकासम्म सबै मिल्ने सम्भावना रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो-‘प्रतिगमनको विपक्षमा, अग्रगमनको पक्षमा गठबन्धन भएको र यो सफल भएको छ । संविधान रक्षाका लागि यो अगाडि बढ्छ र बढ्दै जान्छ ।’ पार्टीको तर्फबाट घोषणा पत्रको सट्टा अपिल प्रकाशन गरेको र आ-आफ्नो स्थानीय तहले घोषणापत्र प्रकाशन गर्ने उहाँले बताउनुभयो । शक्तिको विकेन्द्रीकरण गर्ने पार्टीको सिद्धान्त रहेकोले केन्द्रको अधिकार तल्लो तहमा दिने उद्देश्यअनुसार स्थानीय तहलाई अधिकार दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com