ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रले घोषणा पत्र सार्वजनिक नगर्ने


एबीसी / संवाददाता
बैशाख १२, २०७९ सोमबार   ११ : ४८   बजे

काठमाडौँ, १२ बैशाख । स्थानीय तह निर्वाचनका लागि अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । तर माओवादी केन्द्रले भने केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ ।

माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ-आफ्नो घोषणा पत्र बनाउने बताउनुहुन्छ माओवादी केन्द्रका नेता हरिबोेल गजुरेल । ‘अपिल अनुसार स्थानीय तहले आ-आफैं घोषणा पत्र बनाउँछन्, हामी केन्द्रबाट जारी गर्दैनौं,’ उहाँले भन्नुभयो । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताउनुभयो । ‘हाम्रो घोषणा पत्र आउँदैन,’ उहाँले भन्नुभयो, ‘हामीले पहिले नै अपिल बाँडेका छौं । अब त्यही अनुसार स्थानीय तहले घोषणा पत्र बनाउँछन् ।’ ढकालले स्थानीयस्तरबाटै घोषणा पत्र बनाउन स्थानीय कमिटीलाई अधिकार दिइएको जानकारी दिनुभयो ।

माओवादीले जारी गरेको अपिलमा टोल-टोलमा सहकारी र घर-घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम-एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन संघीयतामा पनि स्थानीय चुनावको घोषणापत्र केन्द्रबाट आउनु उचित नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यत्रो संघीयताको व्यवस्था गर्दा पनि पालिकाको घोषणा केन्द्रले बनाउँदा फेरि केन्द्रिकृत मानसिकता, तलका जान्दैनन्, बुझ्दैनन्, माथि नै हामी जान्ने छौं, हामीले नै ‘डिक्टेट’ गर्नुपर्छ भने जस्तो हुन्छ ।’

‘हामी केन्द्रबाट घोषणा-पत्र, प्रतिवद्धता-पत्र ल्याएर हस्तक्षेप गर्दैनौं । जसले कार्यान्वयन गर्ने हो, जसले नजिक बसेर काम गर्ने हो, उसैले तयार गरोस् र भोलि ऊ जवाफदेही होस्,’ पुनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group