ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्कीका नेतालाई विवाद नगर्न र गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन देउवाको निर्देशन


एबीसी / संवाददाता
बैशाख ६, २०७९ मंगलबार   ६ : ४६   बजे

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका पार्टी नेतालाई काठमाडौं बोलाएर पोखरा महानगरपालिकाको मेयरका विषयमा विवाद नगर्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिनुभएको छ । देउवाले बोलाएपछि मंगलबार काठमाडौं पुग्नुभएका कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई जसले टिकट पाए पनि विवाद नगरी जिताएर पठाउन निर्देशन दिनुभएको हो ।

‘कास्कीमा कांग्रेसले टिकट पाएमात्र जित्न सम्भव हुन्छ, एकीकृत समाजवादीलाई टिकट दिँदा धेरै जना रूष्ट हुन सक्छन् भनेर पोखराको यथार्थ जानकारी गरायौं,’ देउवालाई भेटेर पोखरा फर्किँदै गर्नुभएका कास्की सभापति बरालले टेलिफोनमा भन्नुभयो, ‘गठबन्धन भएपछि सबै ठाउँमा हाम्रैले पाउँछन् भन्ने हुन्न, जसले पाए पनि गठबन्धन जिताउन लाग्नू भन्ने उहाँको निर्देशन थियो ।’
देउवाले गठबन्धन भएकाले जसले पाए पनि कार्यकर्तालाई बुझाएर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभएको थियो। देउवाले गठबन्धनको यथार्थ बताउन र चुनावी अभियानमा लाग्न निर्देशन दिन नेताहरूलाई काठमाडौं बोलाउनुभएको थियो ।
सत्तारुढ गठबन्धनले भागवण्डा गर्दा पोखरा महानगरपालिका एकीकृत समाजवादीको भागमा परेको खबरसँगै कास्की कांग्रेस सचिव भानु ढकाल र देवेन्द्र रानाभाटले एकीकृत समाजवादीसँग गठबन्धन टुटेको र मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै सोमबार विज्ञप्ति निकाल्नुभएको थियो।

सोमबार काठमाडौंमा गठबन्धनको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा कांग्रेसले छोड्न नसक्ने अडान लिनुभएको थियो । पौडेलले केन्द्रमा कुनै निर्णय नभएको भन्दै कास्कीमा पनि अडान नछाड्न भन्नुभएको थियो । त्यसलगत्तै कास्कीमा गठबन्धनको बैठक चलिरहँदा बाहिर सचिवहरूले विज्ञप्ति निकालेका थिए । त्यही विज्ञप्तिपछि काठमाडौंमा गठबन्धनको बैठक स्थगित भएको थियो । कांग्रेस पोखरा महानगर समितिले पनि विज्ञप्ति निकालेर एकीकृत समाजवादीले हैसियतभन्दा ठूलो भाग खोजेको बताउँदै पोखरा कांग्रेसले नछोड्ने बताएको थियो ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की तथा नगरका सभापतिहरूको बैठक बसिरहँदा देउवाले फोन गरेर तुरून्त काठमाडौं आउन भन्नुभएको थियो । देउवाले भेट्न बोलाएपछि पुगेका नेताहरूलाई वक्तव्यबाजी नगर्न, विवाद नझिक्न र कार्यकर्तालाई बुझाएर गठबन्धनलाई जिताउन निर्देशन दिनुभएको थियो। कास्कीका नेताहरू पोखरामा कांग्रेसलाई नै टिकट दिनुपर्ने भन्दै केही दिनअघि पनि देउवालाई भेट्न काठमाडौं पुगेका थिए । त्यतिबेला पनि देउवाले गठबन्धनको मर्म बुझेर चुनावी अभियानमा लाग्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group