ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न प्रचण्डलाई दबाब


एबीसी / संवाददाता
बैशाख ६, २०७९ मंगलबार   १ : ४६   बजे

काठमाडौँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रका नेताहरुले चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन् । स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन् ।

‘महानगरमा एकवटामा मात्रै चित्त बुझाएर जाने स्थिति सिर्जना भयो,’ बैठकमा सहभागी एक पूर्व स्थायी समिति सदस्यले भन्नुभयो, ‘यसको क्षतिपूर्तिस्वरुप चारवटा उपमहानगरमा जोड दिएर जानुपर्छ भन्ने सुझाव अधिकांश नेताबाट आयो ।’
महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चारवटा उपमहानगरमा पनि दाबी गरेको छ । माओवादीले गठबन्धनको बैठकमा जितपुर-सिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको अवस्थाबारे ‘बिफ्रिङ’ गर्नुभएको पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले जानकारी दिनुभयो । ‘अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै उहाँले तपाईंहरुको यसमा राय के छ भनेर सोध्नु भएको थियो,’ आचार्यले भन्नुभयो, ‘हामीले महानगर र उपमहानगरमा मिलाएर जाँदा राम्रै हुन्छ भन्ने सुझाव दियौं ।’
त्यस्तै माओवादी केन्द्रको सोमबार अबेर केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । उक्त बैठकमा पनि प्रचण्डले अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै आफ्नै शक्तिमा भर पर्न निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । ‘तल पनि मिलाएर जाने कोसिस गर्नुहोस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भन्नुभयो, ‘मुख्य आधार आफ्नो शक्ति हो, त्यसमा भर पर्नुपर्यो । मिलेन भने पनि दृढतापूर्वक एक्लै लड्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group