ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ जिल्लामा फैलियो बर्डफ्लु सतर्कता अपानाउन आग्रह


एबीसी / संवाददाता
चैत्र २२, २०७८ मंगलबार  १२ : ५४ बजे

काठमाडौँ, २२ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको विभागले जनाएको छ ।

गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताउनुभयाे । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा संक्रमण देखिएको तिवारीको भनाइ छ । ‘संक्रमण फैलिने अवस्थामा देखिएको छ, संक्रमण देखिएको ठाउँमा परीक्षण, निसंक्रमण र कुखुरा नष्ट गर्ने कार्यलाई तीब्रता दिएका छौं,’ महानिर्देशक तिवारीले भन्नुभयाे, ‘बर्डफ्लू नियन्त्रण बाहिर छैन, तर फैलिन नदिन उच्च सावधानी अपनाउनु पर्ने निश्कर्षमा हामी पुगेका छौं ।’

पछिल्लो विवरणअनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ । संक्रमण भेटिएको ठाउँबाट अन्यत्र पशुपन्छीको ओसारपोसार नगर्न र पन्छी पालन गर्नेहरुले उच्च सतर्कता अपनाउने सम्बन्धमा विभागले व्यवसायीलाई निर्देशन दिएको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com