ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराजित रहँदै नेपाल फाइनलमा


एबीसी / संवाददाता
चैत्र १९, २०७८ शनिबार   ६ : ४५   बजे

काठमाडौँ, १९ चैत । नेपाल अपराजित रहदै त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल पुगेको छ । सिरिजको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल अपराजित रहेर फाइनल पुगेको हो । त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो ।

मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । आक्रामक इनिङ खेलेका भिरनदीपले २६ बलमा ९ चौका प्रहार गरे । कमल सिंह ऐरीको बलमा भिरनदिपले फ्लिक गरेको बल डिप मिडविकेटमा आसिफ शेखले उफ्रेर क्याच गर्दा अर्धशतकबाट ३ रनले पछि परे । मलेसियाका ओपनर जुबाईदी जुल्कफ्ले कमलको बलमा डक भए । कप्तान आहमद फैजले ३१ बलमा ३ चौका प्रहार गर्दै ३३ रन बनाए । सेइद अजिजले १३ बलमा १७ रन बनाउँदा शर्भिन मुनियडी १ रनमा रनआउट भए । मुहमद अमिर ८ बल खेल्दा १ रन बनाएर स्टम्पिङ भए । मुहमद सेहदतले ८, ऐनोल हफिजले १८ रनको योगदान गरे । नेपालका सन्दीप लामिछानेले ३ विकेट हात पारे । कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २र२ विकेट लिए ।

कुशल भुर्तेल र रोहित पौडेलले आफ्नो टी-ट्वान्टी अन्तर्राष्ट्रीय करियरमा समान १र१ विकेट लिँदै पहिलो विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मा ५ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो । दिपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठुलो स्कोर बनाएको थियो । दिपेन्द्रले अविजित रहदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पूरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो । यस्तै दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । रोहित पौडेलले समेत टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पूरा गरे । रोहितले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए । ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए ।

आदील अन्सारी ९ बलमा १ छक्का प्रहार गर्दै अन्तिम बलमा १४ रन जोडेर रन आउट भए । मलेसियाका मुहमद वाफिक, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहमद अमिरले १र१ विकेट लिए । सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्ष स्थानबाट फाइनल पुगेको छ । मलेसिया पराजित भएसँगै सिरिजबाट बाहिरियो । फाइनलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने छन् । पीएनजी र मलेसियाले समान खेलमा समान १ जित निकालेपनि नेटरनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

राहदानी विभागका महानिर्देशक र निर्देशक ४ दिन थुनामा, भ्रष्टाचार प्रकरणमा अनुसन्धान सुरु

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

अमेरिका–इरान सम्झौता कुटनीतिको प्रतिफलः पाकिस्तानले स्विट्जरल्याण्डमा हस्ताक्षर समारोहको आयोजना गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group