ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपाल र पीएनजी भिड्दै


एबीसी / संवाददाता

काठमाडौँ, १४ चैत । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आज सोमबार पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजी सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल दिउँसो १२स्३० बजे सुरु हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी-ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ । तर, पीएनजीलाई हराउँन सहज छैन ।

यसअघि नेपाल र पीएनजी एक पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय आमनेसामने भएका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल लजास्पद हार व्यहोर्न पुगेको थियो । डब्लिनमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । सात वर्षअघि खेलिएको खेलका २ खेलाडी मात्र अहिले पीएनजीविरुद्धको खेलका लागि उपलब्ध हुने छन् । उक्त खेलमा प्लेइङ-११ मा रहेका २ खेलाडीले सन्यास लिएका छन् भने सोमपाल कामी र करण केसी मात्र सोमबार पीएनजीविरुद्धको लागि राष्ट्रिय टिममा हुने छन् । पीएनजीको टिममा भने उक्त खेलका ५ खेलाडी सामेल छन् । नेपाल र पीएनजी दुवैले एक एक पटक टी-ट्वान्टी विश्वकप खेलेका छन् । नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्दा पीएनजीले भने गत संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो ।

पीएनजीले पछिल्लो ६ टी-ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानमा नेपालको रेकर्ड राम्रो छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ८ खेल खेल्दा ७ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com