ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘घेरो’ अन्तर्राष्ट्रिय मञ्चमा


एबीसी / संवाददाता

गण्डकी, २७ फागुन । गण्डकी प्रदेशमा प्रचलित प्राचीन संस्कृतिको बालन शैलीयुक्त मौलिकतासँगै नेपाली समाजमा विद्यमान अन्धविश्वासलाई प्रस्तुत गरिएको लोक नाटक हो ‘घेरो’ ।

इन्द्रेणी थिएटरद्वारा उत्पादित यस नाटकले नेपाली समाजमा विद्यमान अन्धविश्वासले पारिरहेको असरलाई जीवन्तरुपमा प्रस्तुत गरेको छ । नेपाली समाजमा लोपोन्मुख अवस्थामा पुगेको विशेषतःगण्डकी प्रदेशमा प्रचलित बालन शैलीलाई नाटकमा प्रस्तुत गरिएको नाटकका लेखक एवं इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

“एउटा साधारण घटनाको गलत बुझाइले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तिले त्यसको कसरी फाइदा उठाउँछन् भन्ने विषय नाटकमा सजिलै देख्न र बुझ्न पाइन्छ”, उहाँले भन्नुभयो । बालन शैलीलाई प्रयोग गर्नुका साथै भजनबाट कथा वाचन गरिने गण्डकी प्रदेशको बोलीचाली तथा लवज नाटकका बलिया पक्ष रहेको उहाँले बताउनुभयो । युथ क्रियसन थिएटरमा पहिलो पटक सन् २०१८ को २९ नोभेम्बरदेखि १४ डिसेम्बरसम्म मञ्चन भएको यो नाटक रारा राष्ट्रिय नाटक महोत्सव, पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित महोत्सवसँगै दक्षिण कोरोया, जर्मनी, कलकत्ता आदि स्थानमा अन्तर्राष्ट्रियरुपमा पनि मञ्चन भइसकेको उहाँले जानकारी दिनुभयो ।

घरको दैलोमो चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई जीवन्तरुपमा प्रस्तुत गरिएको घेरोमा माइतीबाट श्राद्ध खाएर फर्केको दम्पती घर पुगेर दैलो खोल्नेबित्तिकै चामलको घेरो देखाइएको छ ।

यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई नाटकमा कलात्मकरुपमा प्रस्तुत गराएको छ । श्राद्ध खाएर फर्कदा पुछारे कान्छाका दम्पतीले घरको दैलो खोल्नासाथ देखेको चामलको घेरो र त्यही घेरो माथि हाम्रो समाजको रुढीवादी हेराइ एवं र अन्धविश्वासलाई नाटकमा प्रस्तुत गरिएको छ ।

घरमा चामलको घेरो देखियो भने अनिष्ट हुने अन्धविश्वासले पुछारे कान्छाका दम्पतीले झाँक्री बोलाउँछन् । झाँक्रीले भनेअनुसारका खर्च र काम सकेपछि मात्रै घेरो कसैले हालेको नभई अन्य कारणले चामल पोखिएर बनेको थाहा हुन्छ । झण्डै एक घण्टा २० मिनेट समयावधिको नाटकलाई सुरुदेखि नै बालन शैलीको भजनसँगै अघि बढाइएको हुन्छ ।

यसैबीच इजिप्टको लक्सरमा हुने अन्तर्राष्ट्रिय नाटक महोत्सवममा नेपाली कलाकार ‘घेरो’ लिएर जान लागेको नाटकमा पुछारे कान्छाको भूमिकामा रहनुभएका कलाकार रेम रसाइलीले जानकारी दिनुभयो ।

आगामी मार्च १४ देखि २१ सम्म हुने महोत्सवका अवसरमा अन्तर्राष्ट्रियस्तरका विभिन्न ११ वटा समूहसँग प्रतिष्पर्धा हुने र आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

नाटकमा पुछारे कान्छीका रुपमा ज्योति हमाल, झाँक्री र भैँसीकारुपमा कपिल शर्मा, फुरुमैँका रुपमा निलम तामाङ, डाँडाघरेका रुपमा रामहरि अधिकारी, ढाकामोहनका रुपमा अनिल तिमल्सिनाले अभिनय गर्नुहुनेछ । नाटकमा प्रकाश परिकल्पना विभु भुसालले गर्नुभएको छ भने प्रकाश व्यवस्थापन दीपेन्द्र पौडेलले गर्नुभएको छ ।

नाटक प्रस्तुतिको परिकल्पना सरोज अर्यालले गर्नुभएको हो भने नेपथ्यमा सहयोग गर्नेमा प्रकाश रिजाल, कृष्ण उदासी, राजु पौडेल, विकास पौडेल, सम्झना अधिकारी पौडेल तथा मादलमा विनोद पौडेल हुनुहुन्छ । नाटकमा केदारनाथ पौडेलको लेखन एवं कथावाचन, कपिल शर्माको निर्देशन रहेको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा मञ्चन गर्न लागिएको घेरो उत्कृष्ट प्रदर्शन गर्ने विश्वासका साथ नेपाली टोली सोमबार काठमाडौँबाट इजिप्टका लागि जान लागेको कलाकार ज्योति हमालले जानकारी दिनुभयो ।

घेरोमार्फत अन्तराष्ट्रिय मञ्चमा नेपाली कलाकारितालाई विश्वमाझ चिनाउने आफूहरूको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com