ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा आँधी कम्तीमा छ जनाको मृत्यु


एबीसी / संवाददाता
फाल्गुन २२, २०७८ आईतबार  ५ : ०१ बजे

वाशिङ्टन, २२ फागुन । अमेरिकी राज्य आयोवाको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण चार वयस्क र दुई बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक पत्रकार सम्मेलनमा आँधीले कम्तीमा चार अन्य वयस्कहरू घाइते भएका र घर र सम्पत्ति दुबैमा व्यापक क्षति पुर्‍याएकाे काउन्टीको आपतकालीन व्यवस्थापन निर्देशकले बताउनु भएको छ ।

‘केन्द्रीय आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तूफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डेस मोइन्सले साँझ ७ः३० मा ट्वीट गरेर जानकारी दिएको छ ।आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ । यो आँधी समुदायको लागि धेरै विनाशकारी रहेको र उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोप घोषणा जारी गर्नु भएको छ । यसले राज्य स्रोतहरूलाई अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिन्छ ।‘हाम्रो हृदय आज राज्यमा आएको घातक आँधीबाट प्रभावित सबैप्रति भावुक भएको छ ।’ रेनोल्ड्सले एक विज्ञप्तिमार्फत भन्नु भएको छ ।

गत डिसेम्बरमा आएको दर्जनौं विनाशकारी आँधीबेहरीले अमेरिकाको पाँचवटा राज्यहरूमा प्रभावित भएको थियो । यस आँधीमा परी केन्टकी, टेनेसी, अर्कान्सास, मिसौरी र इलिनोइसमा ७७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

झण्डै ४० मिनेट सम्पर्कबाहिर रहेर आर्टिमिस–२ अन्तरिक्षयान पुन: सम्पर्कमा

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

एयरम्यान उद्धारपछि ट्रम्प झन् आक्रामक : ‘इरान नर्क बन्नेछ, हेर्नुहोस् !’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com