ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी


एबीसी न्यूज
चैत्र २३, २०८२ सोमबार  ७ : ५५ बजे

काठमाडौं, २३ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । विश्वकै अत्यन्त संवेदनशील सामुद्रिक मार्ग होर्मुज जलडमरु तुरुन्त खोल्न माग गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले आगामी सोमबारसम्मको स्पष्ट समयसीमा तोक्दै उक्त अवधिभित्र मार्ग नखोले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। उनको अभिव्यक्ति कूटनीतिक भन्दा बढी आक्रामक देखिएको छ, जहाँ उनले इरानी नेतृत्वलाई कठोर शब्दमा आलोचना गरेका छन्। ट्रम्पले इरानलाई नर्कको बास गराइदिने भन्दै चेतावनी दिएका छन् ।

अवस्था सुधार नभए इरानका महत्वपूर्ण पूर्वाधार ९जस्तै विद्युत् केन्द्र र पुलहरू० निशानामा पर्न सक्ने संकेत दिएका छन् । गत फेब्रुअरी अन्त्यदेखि अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु लगभग अवरुद्ध अवस्थामा पुगेको छ।

यसअघि पनि ट्रम्पले पटक–पटक समयसीमा तोकेका थिए। मार्च २१ मा दिएको ४८ घण्टे अल्टिमेटमपछि केही समय कूटनीतिक संवादको संकेत देखिएको थियो, तर अहिले उनले अप्रिल ६ लाई अन्तिम मिति घोषणा गरेका छन्।

विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यो मार्गबाट करिब २० प्रतिशत तेल र ठूलो मात्रामा मल ढुवानी हुने गर्छ। अहिलेको अवरोधका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ भने खाद्यान्न र औषधिको आपूर्ति प्रणालीमा समेत असर परेको छ।

सामान्य अवस्थामा महिनामा करिब ३ हजार जहाज आवतजावत गर्ने यो मार्ग अहिले असुरक्षाका कारण लगभग सुनसान बनेको छ। यसले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने चिन्ता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कपिलवस्तुमा सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

कांग्रेसमा दलको नेता को बन्ने ?

सम्बन्धित

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

कांग्रेसमा दलको नेता को बन्ने ?

एयरम्यान उद्धारपछि ट्रम्प झन् आक्रामक : ‘इरान नर्क बन्नेछ, हेर्नुहोस् !’

ओली–लेखकको म्याद ५ दिन थप

शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com