ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधनमा विकल्पहीन एमाले


admin
असार २७, २०७४ मंगलबार   ७ : ४३   बजे

काठमाडौं, २७ असार । राजनीतिक समस्या समाधान गर्न कुनै पनि राजनीतिक दल विकल्पहीन हुन सक्दैन । विकल्पहरुनै राजनीतिक समस्या समाधानको उपाय हुन । तर, राजनीतिक अडानको नाममा कुनै पनि राजनीतिक दल विकल्पहीन बन्न खोज्यो भने त्यहाँ नियतले काम गरेको हुन्छ ।

मधेसी दलको माग सम्बोधन गर्ने सवालमा नेकपा एमाले विकल्पहीन प्रतिपक्ष झैं उभिएको छ । यो एमालेको नियत हो या अडान ? त्यो स्वयम् एमालेलाई नै थाहा होला । तर, संविधान संशोधन अस्वीकार गरिरहेको एमालेले संशोधनका विकल्पहरु दिन सकेको छैन । एमालेका लागि संशोधन अस्वीकार नै एक मात्र एजेण्डा बनेको छ । तर, मंगलवार बसेको तीन दलको बैठकमा एमाले र मधेसी दुबै दललाई मनाउन प्रचण्डले तीन वटा प्रस्ताव अघि सारेका छन् ।

संविधान संशोधन गर्नु पर्ने मधेसी दलको माग प्रचण्ड प्रधानमन्त्री भएदेखि सरकारको दायित्व बनेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस–माओवादी गठबन्धनले संविधान संशोधन गर्ने प्रतिवद्धता सहित मधेसी मोर्चाको साथ पाएका थिए । प्रचण्ड प्रधानमन्त्री भएपछि संविधान संशोधन विधेयक संसदमा पुग्यो । तर, संशोधन पारित हुन नसकेपछि सरकारले संशोधन विधेयक नै परिमार्जन ग¥यो ।

परिमार्जन गरिएको विधेयक पनि अझै संसदमा विचाराधीन छ । तर उनै प्रचण्डले दलीय सहमतिको आधारमा नयाँ विधेयक बनाउने सकिने प्रस्ताव अघि सारेका छन् । बुधबारको बालुवाटार बैठकमा एमाले र मधेसी दुबै दललाई मनाउन प्रचण्डले तीन विकल्प अघि सारेका थिए । दलीय सहमतिको आधारमा नयाँ संशोधन विधेयक तयार पर्ने र पास गर्ने प्रचण्डको पहिलो विकल्प रहेको छ ।

दोस्रो विकल्पको रुपमा प्रचण्डले अहिलेकै प्रस्तावलाई भोटिङमा लैजाने र परिणाम जे आए पनि अर्थात् संशोधन पास वा फेल जे भए पनि स्वीकार गर्ने प्रस्ताव अघि सारेका छन् । संशोधन प्रस्ताव यथावत राख्ने तर राजपालाई चुनावमा ल्याउन आवश्यक अरु सबै माग पुरा गर्ने प्रचण्डको तेस्रो विकल्प रहेको छ । तर, प्रचण्डको प्रस्ताव नेकपा एमालेले भने पुरै अस्वीकार गरेको छ ।

प्रचण्डले अघि सारेका विकल्पमा पनि तत्कालै राजनीतिक सहमति जुट्ने सम्भावना कम छ । यदि समस्या समाधानमा सबै दल सम्भीर बन्ने हो भने पहिलो नम्बरको विकल्पमा दलहरुबीच सहमति जुट्न सक्छ । संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरिएको भन्दै एमालेले सुरुदेखी नै दुखेसो पोख्दै आएको छ ।

त्यसैले, सबै दलको सहमतिमा नयाँ संशोधन विधेयक तयार गरेर पास गर्ने प्रचण्डको प्रस्तावमा नेकपा एमाले पनि तयार हुनु पर्ने हो । तर, यो प्रस्तावमा पनि एमाले सकारात्मक बन्ने देखिएन । संसदमा विचाराधीन अवस्थामा रहेको संशोधन विधेयकलाई प्रकृयामा लैजाने र परिणाम स्वीकार्ने प्रचण्डको प्रस्तावमा कांग्रेस–माओवादी त तयार होलान तर मधेसी दललाई यो प्रस्ताव मान्य छैन । संशोधनका पक्षमा दुई तिहाई बहुमत नरहेकाले संशोधन विधेयक फेल हुनेमा राजपा जानकार छ । त्यसैले, विधेयकलाई प्रकृयामा लैजाने सवालमा राजपा तयार छैन । प्रचण्डको तेस्रो विकल्प स्वीकार्न पनि राजपा तयार छैन ।

राजपाले अहिलेसम्म संविधान संशोधनलाई नै बटमलाई बनाएकाले संविधान संशोधन नभएसम्म राजपा मान्ने देखिदैन । यसरी, दलहरु आ–आफ्नै स्वार्थ अनुसार राजनीतिक परिणाम खोज्न उद्दत हुँदा तेस्रो चरणको निर्वाचन सँगै बाँकी दुई निर्वाचन समेत अनिश्चयमा फस्ने देखिन्छ । त्यसैले राजनीतिक निकासका लागि विकल्पहरुमा छलफल गर्न सबै दल तयार हुनु पर्छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचन अघि नेकपा एमाले पनि निर्वाचन पछि संविधान संशोधन विधेयकलाई छलफलमा लैजान तयार थियो । दुई चरणको निर्वाचन सम्पन्न भइसकेपछि नेकपा एमाले फेरि पछाडि हट्यो । नेकपा एमाले यतिखेर संविधान संशोधन गर्ने विषयलाई निर्वाचन नगर्ने खेलको रुपमा ब्याख्या गरिरहेको छ । तर नेकपा एमाले आफै संशोधन विधेयकलाई प्रकृयामा लैजान तयार छैन ।

संशोधन विधेयकको मुख्य हिस्सेदार राष्ट्रिय जनता पार्टीलाई संशोधन फेल हुने त्रासले सताएको छ । राजपा समेत कुनै पनि हालतमा संशोधन विधेयक प्रकृयामा प्रवेश गर्न नदिने खेलमा लागेको छ । एमालेलाई पनि संशोधन विधेयक पास हुने हो भन्ने त्रासले सताएको छ । राजपा र एमालेको अहिलेसम्मको अडान हेर्दा दुबै दल संसदको परिणाम स्वीकार्न तयार देखिदैनन् । तर, सरकार भने अझै पनि मधेसी दललाई मनाउन कुनै न कुनै उपायको खोजीमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group