ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशिवरात्रिमा पार्किङ व्यवस्था सहित पशुपतिनाथ क्षेत्रकाे ट्राफिक व्यवस्थापन


एबीसी / संवाददाता

काठमाण्डौ, १६ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भोलि मङ्गलवार महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको क्षेत्रमा ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवम् दर्शनार्थीको भिडलाई ध्यानमा राखी सहज आवतजावतको प्रबन्ध मिलाएको हो ।

विभिन्न नाका भइ भित्रिने भक्तजनका लागि छुट्टा–छुट्टै ठाउँमा पार्किङको प्रबन्धसमेत मिलाइएको महाशाखाले जनाएको छ । धेरै टाढाबाट भक्तजन आउने हुनाले उनीहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका यातायातका साधनलाई निर्वाध आवतजावतको व्यवस्था मिलाउँदै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ । नियमित जस्तै चावहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाध रूपमा गाडी चलाउने व्यवस्था मिलाइएको छ । तर भक्तजनको भिड धेरै भइ गाडी सञ्चालनमा समस्या हुन गएमा यो रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एवम् एसएसपी उमेशराज जोशीले बताउनुभयो । चक्रपथमा चल्ने यातायात दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा गाडी आवागमन निषेध गरी वैकल्पिक मार्ग भइ सञ्चालनको व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो । विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एवम् भक्तजनका यातायातका साधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, र तिलगङ्गा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासवाहक यातायातका साधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी यातायातका साधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका यातायातका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजिव शर्मा दासले गौशाला चोकमा भिड धेरै भइ सवारी चल्न सक्ने अवस्था नभएमा चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय वागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भइ सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले तीनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, चाबहिलबाट गौशालातर्फ र बाग्मती करिडोरबाट गौरीघाट र तिलगङ्गा क्षेत्र भइ चल्ने मालवाहक गाडीलाई निषेध गरी डाईभर्सनको प्रबन्ध मिलाइने समेत बताउनुभयो । ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चावहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने यातायातका साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

हामी सबै राम्रोसँग मर्नको लागि बाँचिरहेका छौं त ?

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

अमेरिकालाई आधिकारिक भाषाको आवश्यकता छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com