ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन पुनरुत्थानका लागि जलयात्रा


एबीसी / संवाददाता

गण्डकी, १४ फागुन । कोरोना प्रभावित पर्यटनको पुनरुत्थानको उद्देश्यका साथ पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ । सङ्घ आबद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दूरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन र बूढीगण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको सङ्घका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उहाँले बताउनुभयो । “कोरोनाले पर्यटकीय गतिविधि ठप्प हुँदा व्यवसायीमा समेत निराशा छाएको छ”, उहाँले भन्नुभयो, “व्यवसायीलाई थप उत्साहित एवं अभिप्रेरित गर्दै पर्यटकीय गतिविधि बढ्न थालेको सङ्केत दिनका लागि पनि हामीले जलयात्रा आयोजना गरेका हौँ ।” कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटन सम्बद्ध सबै सङ्घसंस्थाको सक्रियता अपरिहार्य भएको उहाँले बताउनुभयो । सङ्घको आयोजनामा विगतका वर्षमा पनि नवलपुर क्षेत्रका साथै सुपा देउराली, स्वर्गद्वारीआदि स्थानको धार्मिक पर्यटन प्रवद्र्धनसँगै विभिन्न पर्यटन लक्षित तालिम, अन्तरक्रिया गरिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com