ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


एबीसी / संवाददाता
फाल्गुन १०, २०७८ मंगलबार   ४ : ४७   बजे

काठमाडौँ, १० फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.४२ अङ्कले उकालो लागेर दुई हजार ७३५.९३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अङ्कले बढेर ५२३.१५ मा पुगेको छ ।

नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकममा भने उल्लेख्य सुधार हुन सकेको छैन । कूल २२८ कम्पनीको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर रु. तीन अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने ११ उपसमूहको शेयर उकालो लागेको छ । उत्पादन १८.७१ र लगानी ०.१५ अङ्कले घटेको छ । यस्तै, बैंकिङ ८.३२, व्यापार १३.६४, होटल तथा पर्यटन ४.७५, विकास बैंक ७०.०५, जलविद्युत् २७.५६, वित्त ४३.९१, निर्जीवन बीमा १२८.०२, अन्य ४६.९२, लघुवित्त १५.८१, जीवन बीमा ७.०८, सामूहिक लगानी कोष ०.०६ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु. ३८ खर्ब ७५ अर्ब १४ करोड १९ लाख ३८ हजार १९५ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. २१ करोड ४९ लाख ६७ हजार ४२१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु. १२ करोड ७८ लाख १९ हजार ६४९, जीवन विकास लघुवित्त रु. ११ करोड २२ लाख ६२ हजार ५२८, हिमालयन डिस्टिलरी रु. १० करोड ४१ लाख ८८ हजार ५०६ र आइसिएफसी फाइनान्स रु. १० करोड २९ लाख ३३ हजार ७४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावरका लगानीकर्ताले पनि ९.९९ प्रतिशतले कमाए । सामलिङ पावर कम्पनी ८.५२, तेह्रथुम पावर कम्पनी ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाए । त्यस्तै, सिभिल लघुवित्त १.९६, नेपाल हाइड्रो डेभलपर्स १.९६, मेगा म्युचुअल फन्ड १.९३, प्राइम लाइफ इन्सुरेन्स १.८८ र समिट लघुवित्तका लगानीकर्ताले १.७१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group