ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्ली किसान स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्दै


एबीसी / संवाददाता

खलङ्गा, १० फागुन । जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ । चन्दननाथ नगरपालिका-८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा छिमेकी जिल्ला हुम्ला पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउका बिरुवा ट्रकमा नेपालगञ्ज पठाइसकेँ । नेपालगञ्जदेखि जहाजमा हुम्ला लैजाने तयारी भइरहेको छ । हुम्लाका स्थानीय तहको मागअनुसार स्याउका बिरुवा पठाइएको किसान रोकायाले जानकारी दिनुभयो ।

उहाँले बाजुराको बूढीनन्दा गाउँपालिकामा १३ हजार ५०० बिरुवा पठाउनुभयो । अहिलेसम्म रोकायको नर्सरीमा रहेको ५० हजार बिरुवामा झन्डै २५ हजार बिरुवा निर्यात भइसकेको छ । स्याउको नर्सरी बनाएर बिरुवा हुर्काउन सके पनि पैसाको अभाव हुँदैन । स्याउ नर्सरी आयआर्जनको राम्रो माध्यम बन्दै आएको छ । सरकारी दरअनुसार स्याउ नर्सरी धनीले एक बिरुवाको रु. ७७ मा बेच्नुपर्छ तर नर्सरी धनीले ग्राहकअनुसार केही कम मूल्यमा पनि बिरुवा बेचेको पाइएको छ । गुणस्तरीय स्याउका बिरुवाको माग जिल्लाबाहिर अत्यधिक छ । जिल्ला कृषि विकास कार्यालय र स्याउ सुपरजोन कार्यालयले पनि स्याउका बिरुवा किसानलाई उपलब्ध गराउँदै आएको छ । त्यो बिरुवा पनि हामीहरुबाटै जाने गरेको स्याउ किसान रोकायाले बताउनुभयो । वर्षमा झन्डै रु तीन लाखको बिरुवा बिक्री हुने गरेको छ । निरोगी बिरुवा हुर्काउन सकियो भने खासमा यहाँका स्याउ किसानलाई आर्थिक अभाव हुनेछैन ।

गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिनुपर्छ । यसका लागि पटक-पटक कृषि प्राविधिकको परामर्श लिनु आवश्यक पर्छ । स्याउका बिरुवा पर्याप्त लगाउने हो भने पैसा कमाउन विदेश जानु पर्दैन । सामाजिक सङ्घसंस्था र स्थानीय तहले विदेशी जातको स्याउ ल्याउन थालेकाले स्थानीय जातको स्याउ लोप हुने हो कि भन्ने चिन्ता यहाँका स्याउ किसानले बताए । रोेकायाले आधिकारिकरुपमा सिर्जनशील स्याउ नर्सरी फार्म खोली व्यावसायिक रुपमा स्याउका बिरुवा उत्पादन तथा बिक्री वितरण गर्दै आउनुभएको हो । पछिल्लो समयमा अन्य स्थानीयवासीले पनि नर्सरी दर्ता गरी सञ्चालनमा ल्याएका छन् । उक्त कार्यालयका अनुसार स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न स्याउ किसान यो याममा लागिपरेका छन् । जुम्ली स्याउका बिरुवा बझाङ, बाजुरा, दैलेख, अछाम, अर्घाखाँची, हुम्ला, कालीकोट, मुगु र जाजरकोटसम्म निर्यात हुने गरेको कार्यालयका बागवानी शाखा प्रमुख सुष्मा बुढाले बताउनुभयो ।

यहाँ उत्पादित स्याउका बिरुवा बाहिर जिल्ला निर्यात गर्दा कुनै समस्या नहोस् भनेर कार्यालयबाट सिफारिस दिने गरिएको उहाँको भनाइ थियो । जिल्लाबाट हालसम्म ४९ हजार स्याउ र ओखरका बिरुवा बाहिरी जिल्लामा निर्यात भएको छ । अहिले नर्सरीमा रेड, रोयल डेलिसियस, गोल्डेन र जनाथन जातका स्याउका बिरुवा छन् । जुम्लामा १५५ स्याउ नर्सरी दर्ता भएका उक्त कार्यालयले जनाएको छ । स्याउ सुपरजोन परियोजना जिल्लामा लागू भएपछि आफूहरुलाई प्राविधिक ज्ञानदेखि स्याउका बिरुवा काटछाँटमा निकै राहत पुगेको यहाँका स्याउ किसानले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com