ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हराएको मतदाता परिचयपत्रको प्रतिलिपि लिन निवेदन दिनुपर्ने


एबीसी / संवाददाता
फाल्गुन १०, २०७८ मंगलबार  २ : ३७ बजे

गलेश्वर, १० फागुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि लिनका लागि फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनको तयारी भइरहेको अवस्थामा मतदाताले परिचयपत्र लिएर मात्रै मतदान प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले परिचयपत्र हराएको हकमा फागुन २० गतेभित्र कार्यालयमा निवेदन दिनुपर्ने जनाएको हो ।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले तोकिएको समयभित्र मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको बताउनुभयो । “मतदाता परिचयपत्र आफूसँग नभएको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी आउनुपर्ने छ, जिल्लाभित्रका सबै स्थानीय तहलाई जानकारी गराइएको छ”, उहाँले भन्नुभयो । जिल्लाभित्र निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउनसमेत मतदाताले आफ्नो साथमा परिचयपत्र राख्नुपर्ने प्रमुख घिमिरेको भनाइ छ । यता जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले मतदाता परिचयपत्र हराएमा वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेका छन् ।

मतदातालाई दोहोरो झन्झट हुने भएकाले मतदाताले नै प्रतिलिपि बनाउन अनिच्छुक देखिने जोखिम रहेकाले सहज र सरल प्रक्रिया बनाउनुपर्नेमा उनीहरुको जोड छ । आसन्न निर्वाचनका लागि सङ्कलित मतदाता नामावलीको अहिले अद्यावधिक गर्ने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा गएको माघ २४ गतेसम्म ९० हजार मतदाताको तस्बिरसहितको मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी : ‘नेपालगञ्जमा ५ जना समर्थक घाइते

बाबुरामको उम्मेदवारी फिर्ता – “यो अब राजनीतिक होइन, बाध्यताको नाटक मात्र हो” (पूर्ण वक्तव्य)

मनाङमा कांग्रेस– एमाले राजनीतिक समझदारी

प्रचण्ड नेतृत्वको नेकपाले गण्डकीमा को–कोलाई उम्मेदवार बनायो (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com