ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र पाकिस्तानले दोस्तियारीबाट केहि उपलब्धी हासिल गरेन


admin
पुस २६, २०७४ बुधबार  ४ : ५९ बजे

काठमाडौं, २६ पुस । नँया बर्षको शुभकामना !
विश्वका अन्य देशजस्तै पाकिस्तानमा पनि आफ्नो हिसाबले नयाँ वर्ष मनाइन्छ । बन्दुकको शौखिनहरु आकाशमा गोली पड्काउछन् भने रक्सी पिउने मान्छे मँहगो सस्तो आफ्नो हिसाबले रक्सी पिएर अघिल्लो वर्ष रक्सी नपिउने बाधा गर्छन् ।
अल्लाहले यिनीहरु सबैलाई बद्द्वा नै दिनेछन् । लाग्छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नँया वर्ष ट्विटरमा नै मनाएका छन् ।

पाकिस्तान भर्खर मात्र रातको हेंगओभर बाट निक्लीरहेको थियो कि ट्रम्पले टुवीट गर्दै लेखे ‘अमेरिकाले मूर्खतापूर्ण ढंगले पाकिस्तानलाई अर्बौ डलर दियो तर पाकिस्तानले बदलामा धोखा बाहेक केहि दिएन ।’

मलाई हीर रांझा फिल्मको त्यो दृश्य याद आयो जहाँ सैद्धाले बिबाह गरेर हिरलाई घर लिएर आउछ र आफुनो सुहागरातमा हिरबाट धुलाई खान्छ ।
उसले भन्छ कि मैले तपाईलाई बार्ह तोला सुन दिए र तपाईले मलाई आउने बित्तिकै समस्या दिनुभयो ।

ट्रम्पको ट्वीटले पनि पाकिस्तानको शासक वर्गमा खलबली मचाइदियो । हाम्रो मिडीयामा पनि ट्रम्पलाई कडा जवाफ दिनुपर्छ भन्ने जोडदार बहस छेडियो ।

पाकिस्तानको साथमा अरु जे होस् नहोस् तर रक्षा विशेषज्ञ र मिडिया बुज्रुक बहुत छ । यहाँ व्यक्ति घरबाट आधा किलो दही लिन जान्छ र घर फर्कदासम्म जनरल भईसकेको हुन्छ अनि घरमा आएर भाषण दिन थाल्छ कि ‘जेनेरेशन फाईव वार’ कसरी लड्दा ठिक हुन्छ ।

पाकिस्तानी शासक वर्ग ले पनि त्यहि गर्यो जुन उ पहिल्यैदेखि गर्दै आइरहेको छ, उ उर्दुमा गर्जियो र अंग्रेजीमा कुटनिति खेल्न थाल्यो । ठुला आर्मि अफिसरहरु र रक्षा विशेषज्ञहरुको सेक्युरिटी काउन्सिलले भन्यो कि ट्रम्पले थाहा छैन के भन्यो हामिले बुझ्न सकेनौ ।
वित्तिय मन्त्रीले भने कि अमेरिकाले हामिलाई केहि गर्र्न सक्दैन किनकि उनीहरुको डलरले हाम्रो एक दिनको चियाको पनि खर्च टर्दैन ।

विदेश मन्त्रीले भने अकाउन्टेन्ट ल्याऊ, रसिद देखाउ, पाकिस्तानमा सौ सुनार र एक फलामको पनि हिसाब हुन्छ । अन्त्यमा कुरा त आखिर आर्मिले नै गर्नुपर्छ ।

एक जनरल अफिसरले कुरालाई त्यहि टुङगाउदै भने अमेरिका हाम्रो मित्र हो , मित्र राष्ट्र संग के झगडा गर्नु? यस्तो लाग्यो जस्तो कोई पुरानो र तागदवार मित्र कसैको सारा बजारमा अपमान गर्दछ र उहि उसको काधमा हात राखेर भन्छ , ‘छाडिदेउ यार, तिमी हाम्रो साथि होईन । ’
पाकिस्तान र अमेरिकाको सम्बन्ध पनि यस्तै रहदै आएको छ । कहिले उनीहरु भाई भाई बन्दछन् भने कहिले जनम जनमको शत्रु । कहिले उनीहरु साथि साथि भएर अंगमाल गर्दै हिड्छन् भने कहिले कर्के आखँ“ तर्दै हिड्छन् ।

अमेरिका भन्छ कि पाकिस्तान उ संग डबल खेल खेल्छ तर पाकिस्तान आफ्नै मानिससंग डबल खेल खेल्ने गर्छ ।

एक तर्फ तालिबानको विरुद्ध फौजी खडा गरेको छ भने अर्कोतर्फ तालिबानकै काध थपथपाउछ । एक हात बाट अमेरिको डलर पकड्छ भने अर्को हातबाट मानिसलाई भन्छ कि अमेरिका हामिसंग जबरजस्ती गर्दैछ ।

अमेरिका र पाकिस्तान दुवैले यो दोस्ती बाट केहि कमाएनन् ।

पाकिस्तानले आफुनो बच्चा मारेका छन्, अमेरिका तीस वर्ष पहिले अफगानिस्तानलाई स्वतन्त्र गर्न आएको थियो । अफगानिस्तानको तेस्रो पिढीे अहिले बढिरहेको छ जसले युद्ध बाहेक अरु केहि देखेन ।

टेलिभिजनमा देख्नुभएकै होला जब हात्ति लड्छ तब धर्ती पनि हल्लिन्छ । हात्तिलाई कम नोक्सान भएपनि जमिनमा उम्रेको घास बर्बाद हुन्छ ।

यदि त्यहि हात्ति नै खुशी भएर तल माथि उफ्रिन थाल्यो भने पनि बर्बादी घासको नै हुन्छ ।
मन लाग्छ एक हात पाकिस्तान को काधमा र अर्को हात अमेरिकाको काधमा राखेर भन्नलाई तपाईहरुको यो मित्रताले हाम्रो केहि भलाई भएन, न त तपाईहरुको दुश्मनी नै हामिलाई मन पर्छ ।
आफ्नो आफुनो घर जानुहोस र आफ्नो आफ्नो बच्चा सम्हाल्नुहोस् । खुदा हाफिज ।

बीबीसीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com