ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार


एबीसी / संवाददाता
फाल्गुन ९, २०७८ सोमबार   ४ : ४८   बजे

काठमाडौँ, ९ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ५.१५ अङ्कले उकालो लागेर ५१८.७९ मा पुगेको छ । नेप्सेमा दोहोरो अङ्कको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य बढेको छैन । कूल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर रु. दुई अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ बराबरको कारोबार भयो ।

कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बैंकिङ १६.२८, व्यापार ८.०५, होटल तथा पर्यटन ३४.८४, विकास बैंक २२.८२, जलविद्युत् ७२.३९, वित्त २७.२४, निर्जीवन बीमा ३९.०२, उत्पादन ६६.२८, अन्य २९.२१, लघुवित्त १२.२७, जीवन बीमा १९.१९, सामूहिक लगानी कोष ०.०४ र लगानी १.१ अङ्कले उकालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु. ३८ खर्ब ५० अर्ब ४७ करोड ४४ लाख ८२ हजार ३०१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. २६ करोड ५० लाख १३ हजार ५६० बराबरको कारोबार भयो । यस्तै जीवन विकास लघुवित्त रु. २६ करोड तीन लाख २३ हजार ८४५, अरुण भ्याली हाइड्रोपावर रु. १० करोड १८ लाख २२ हजार ७६२, अपि पावर कम्पनी रु. नौ करोड ५० लाख ४७ हजार र नेशनल हाइड्रोपावर रु. आठ करोड ५६ लाख ७३ हजार ४४० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । युनाइटेड इदी मर्दी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । गुराँस लघुवित्त ९.६५, नेपाल हाइड्रो डेभलपर्स ७.१९, बुद्धभूमि नेपाल हाइड्रोपावर ६.७२ र साहस ऊर्जाका लगानीकर्ताले ६.१२ प्रतिशतले कमाए । यस्तै नवील बैंकको ऋणपत्र १.९५, कालिका लघुवित्त वित्तीय संस्था १.८६, गरिमा विकास लघुवित्त १.५६, कर्पोरेट डेभलपमेन्ट बैंक १.४९ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.२८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group