ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरीक्षमा जाने टिकटको बुकिङ खुला


एबीसी / संवाददाता

काठमाडौं, ९ फागुन । भर्जिन ग्यालाक्टिक कम्पनीले अन्तरीक्ष पर्यटकका लागि टिकटको बुकिङ पुनः खुला गरेको छ ।
पहिलो चरणमा हालसम्म ६ सय वटा टिकट बिक्री गरिसकेको कम्पनीले प्रति टिकट साढे ४ लाख डलर पर्ने थप टिकको बुकिङ खुलाएको हो । उक्त टिकटमार्फत् रकेटमा चढेर ९० मिनेटको अन्तरीक्ष यात्राको मज्जा लिन सकिनेछ । कम्पनीले फेब्रअरी १६ देखि दोश्रो चरणको टिकट बुकिङ खुलाएको हो ।

पहिलो चरणमा विक्री गरिएका टिकटको मूल्य २ देखि अढाई लाख डलरसम्म थियो ।दोश्रो चरणको टिकट बुकिङका लागि तत्काल डेढ लाख डलर तिर्नुपर्नेछ भने बाँकी ३ लाख उडानको अगाडि भुक्तान गर्नुपर्नेछ ।व्यवसायिक अन्तरीक्ष उडान सुरु गर्नु अगाडि १ हजारवटा टिकट बिक्री गर्ने कम्पनीको योजना रहेको सिइओ माइकल कोल्गलेजिएरको भनाई छ ।

गत जुलाईमा कम्पनीका संस्थापक सर रिचार्ड ब्रान्सन सहितको टोलीलाई अन्तरीक्षमा पठाएर भर्जिन ग्यालाक्टिक कम्पनीले व्यवसायिक अन्तरीक्ष पर्यटनको क्षेत्रमा हात हालेको थियो ।तर उक्त उडानका क्रममा ककपिटमा चेतावनी बत्ती निभेको र स्पेस प्लेन यसको पूर्वनिर्धारित क्षेत्रभन्दा बाहिर ४१ सेकेण्डसम्म उडेको भन्ने रिपोट सार्वजनिक भएसँगै त्यसले तरङ्ग उत्पन्न गरेको थियो ।उक्त घटना सार्वजनिक भएसँगै अमेरिकाको संघीय उड्ययन प्रशासनले कम्पनीका सबै उडान ग्राउन्डेड गर्दै अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धान पश्चात् गत सेप्टेम्बरमा उड्डयन प्रशासनले भर्जिन ग्यालाक्टिकलाई क्लिन चिट दिएको थियो ।तत्पश्चात् कम्पनीले एक घोषणा गर्दै प्राविधिक सुधारका लागि कम्पनीको व्यवसायिक उडान सेवा सुरुवातमा केही ढिलाई गरिएको बताएको थियो । अब आगामी अक्टोबरदेखि कम्पनीको व्यवसायिक अन्तरीक्ष उडान सुरु हुने अपेक्षा गरिएको छ ।सन् २०१९ मा भर्जिन ग्यालाक्टिक सार्वजनिक कम्पनीको रुपमा आउँदा सन् २०२० सम्ममा व्यवसायिक सेवा सुरु गर्ने बताएको थियो । भर्जिन ग्यालाक्टिक कम्पनीको स्थापना चाहिं सन् २००४ मै भएको हो ।

टिकट बुकिङ पुनः सुरु भएको समाचार सार्वजनिक भएसँगै मंगलबार भर्जिन ग्यालाक्टिक कम्पनीको शेयर मूल्यमा ३० प्रतिशतले वृद्धि भएको थियो । कम्पनीले आफ्नो लोगोसमेत परिवर्तन गरेको छ ।अन्तरीक्ष पर्यटनको क्षेत्रमा भर्जिन ग्यालाक्टिक कम्पनीको प्रतिस्पर्धीको रुपमा देखिएको जेफ बेजोसको कम्पनी ब्लू ओरिजनले चाहिं हालसम्म सेलिब्रेटी र सस्शुल्क यात्रीका लागिसमेत गरी तीनवटा सफल अन्तरीक्ष उडान गराइसकेको छ । यद्यपि, ब्लु ओरिजिनले आफ्नो रकेटको टिकटको न्यूनतम मूल्य भने खुलाएको छैन । सिएनएनबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com