ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायलयले अदालतको ढोका खोल्छ र बाहिरको भिँड हेर्छ अनि ढोका बन्द गर्छ तर न्याय दिँदैन् : उपमहासचिव ज्ञवाली (भिडियोसहित)


एबीसी / संवाददाता

काठमाडौं ८ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशको प्रमुख समस्या न्यायलय भएको बताए । एबीसी टेलिभिजनको आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसंग कुरा गर्दे नेता ज्ञावलीले भने, “देशको आजको प्रमुख समस्या भनेको न्यायलय हो, न्यायलयले अदालतको ढोका खोल्छ र बाहिरको भिँड हेर्छ अनि ढोका बन्द गर्छ तर न्याय दिँदैन् ।” उनी भन्छन्, साना देशहरुको अस्तित्व सजिलै समाप्त हुने देखियो । हामीलाई रेस्क्यु गर्नका निमिक्त कोही आउनेवाला छैन्, हामी आफैं आफ्नो खुट्टामा उभिएर अगाडी बढ्ने हो ।

स्वार्थहरु विभिन्न ठाउँमा कन्भर्ज भई मिल्दैन भन्दापनि मिल्ने रहेछन् भन्दै नेता ज्ञवाली भन्छन् “स्वार्थहरु विभिन्न ठाउँमा कन्भर्ज गर्दारहेछन्, शक्ति राष्ट्रहरुका मिल्दैन भन्दा भन्दै उनीहरु कयौं कुराहरुमा स्वाट्टै मिल्दि“दा रहेछन्, हामीले कुनै एउटा पक्षमा लागेर, कुनै एउटा ध्रुवमा लागेर हामी अगाडी बढ्न सक्दैनौं।”

उनी भन्छन् अमेरीकाले निर्माण गर्न खोजेको सोकल्ड डेमोक्रेटिक (कथाकथीत प्रजातन्त्र) वा अरु राष्ट्रले खडा गर्न खोजेको अर्को ध्रुव होस, हामी ध्रुवमा ध्रुविक्रेट हुन सक्दैनौं। अरु देशलाई छाडेर आफ्नो देशको चिन्ता गर्नुपर्ने बताउँदै नेता ज्ञवाली भन्छन्,“सबैकुरामा हेर्दा हामीले हाम्रो देशको चिन्ता गरौं, अरुदेशको चिन्ता गर्ने उनीहरुकै देशमा छन्, चीनलाई अमेरीकाले घेर्छ कि घेर्दैन भन्ने विषयमा चिन्ता गर्न चीनमै काफी छन्, हामीले यहाँ माइतिघरको दुवो माडेर काम हुनेवाला केही छैन्,। हामी हाम्रो आफ्नो राष्ट्रियहितमा केन्द्रित गरौं ।” ज्ञावालीले भने, गरिबको पुनरवितरण मात्रै गरिरहने हो र ? पुर्नउत्पादन मात्रै गरिरहने होर ? उनी भन्छन् गरीबी भित्रनै रोटी सेकाइरहने हो भने बेग्लै कुरा हो राजनितीको, होइन भने एउटा गम्भिर कुरा उठ्दैन ? देशका राजनितिक दलमाथिनै प्रश्न उठ्न सक्ने अठोट गर्दै नेता ज्ञवाली भन्छन्,“राजनितीक परिवर्तन भयो भन्छौं, ३÷३ पटक क्रान्ति भयो भन्छौं, अब पनि डेलिभरी नदिने हो भने, अब पनि प्रत्यक दिन हजार/बाह्रसय नेपाली युवा खाडी पठाएर रेमिट्यान्सले मात्रै धानिने सिर्जना गर्ने ? बदलिँदो राजनितीक र राष्ट्रिय अवस्था बारे नेता ज्ञवाली भन्छन्, “बदलिएको सन्दर्भमा हाम्रो राष्ट्रियहित भनेको हाम्रो आर्थिक विकास र समृद्धिमा छ । यसका लागी हामीले सबैसँग मित्रता कायम गर्दै राष्ट्रिय हित र राष्ट्रिय प्राथमिकतालाई राखेर अगाडी बढ्नुपर्छ ।” उनी भन्छन्, “हामी आफ्नो मुद्दामा केन्द्रित रहौं । त्यसका लागी जनसरोकारका विषयहरुमा राष्ट्रिय हितका विषयहरुमा केन्द्रित रहौं । अन्तर्राष्ट्रिय विषयहरु वा धेरै तरङिगत हुने विषयहरु गर्नुहुँदैन”।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com