काठमाडौँ, ८ फागुन । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गर्नु भएको छ ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उहाँले एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले एमसीसी पनि टेबल गर्न नहुने बताउनु भएको छ । एमसीसी कार्यसूचीमा राख्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति पनि नभएको भन्दै गुरुङले संसद अवरोध भइरहेका बेला बरु संसद खुलाउन ध्यान दिन आग्रह गर्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस्