ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन


एबीसी / संवाददाता

सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन् नसकेकाले उद्योगको काम लथालिङ्ग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ । साथै महाप्रबन्धकको समस्यासँगै हाल उद्योगको सिमेन्ट उत्पादन र बिक्रीसमेत ठप्प भएको बताइएको छ । उद्योगको ढुङ्गा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो ।

उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ भने पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको बताइएको छ । बिग्रिएको मेसिन (किल्न) चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले जनाएको छ । सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेकाले पटक–पटक बिग्रिने गरेको र क्षमताअनुसार उत्पादन गर्न सकेको छैन । यता उद्योगका मञ्जदुर सङ्घ–सङ्गठनले महाप्रबन्धक छिटो नियुक्त गर्न माग गरेका छन् । औद्योगिक मजदुर सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घ र समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै संयुक्तरूपमा ध्यानाकर्षणपत्र जारी गरी महाप्रबन्धक नियुक्त गर्न माग गरेको जनाएको छ ।

ध्यानाकर्षणपत्रमा महाप्रबन्धकको कार्यकाल सकिनुअगाडि नै महाप्रबन्धकको नियुक्ति समयमा गर्न आग्रह गरेको स्मरणपत्रमा उल्लेख छ । सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट महाप्रबन्धक नियुक्ति गर्ने व्यवस्था छ । प्रेमशङ्कर सिहंले विसं २०७१ देखि निरन्तर महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आउनुभएकामा पुसदेखि उहाँको कार्यकाल सकिएको हो । हाल त्यहाँ ३४१ प्राविधिकसहित कर्मचारी रहेका छन् । हेटौँडामा रहेका निजी क्षेत्रका शिवम् र रिद्दीसिद्दी सिमेन्ट उद्योगको अवस्था भने राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com