ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुल्यो मेची राजमार्ग


एबीसी / संवाददाता

मङ्गलबारे, २५ माघ । गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो । मर्मत भएको सडक कच्चीरूपमा खोलिएको, एकतर्फी सडक सञ्चालनमा आएको बताइएको छ । पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडक निर्माण गरिएको छ ।

तत्कालका लागि मालवाहक सवारी एकतर्फीरूपमा मात्र सञ्चालन हुने गरी सडक निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिम कायमै रहेकाले दिउँसो मात्र सञ्चालन गर्न सहज हुने छ । मेची राजमार्गमा पहिराका कारण सडक झरेपछि ताप्लेजुङ, पाँचथरलगायतबाट इलाम हुँदै झापा तथा काठमाडौँसम्म सञ्चालन हुने साना तथा ठूला सवारी इलाम बजार भएर नै गुड्ने गरेका थिए । अब भने इलाम बजारको जामसमेत हट्ने भएको छ । करिब तीन महिनायता ठेक्का लागेर निर्माणाधीन पक्की सडक भने सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ । सो सडक मर्मतको काम डिभिजन सडक कार्यालय इलामले गरिरहेको छ । मर्मतका लागि मेची राजमार्गमा पक्की पुल नै निर्माण हुने भएकाले समय लाग्ने बताइएको छ ।

गत असोज १६ गतेदेखि सडकमा पहिरो खस्न सुरु भएपछि अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि साना सवारी इलाम बजार भएर एकतर्फीरूपमा चल्दै आएका थिए । ठूला मालवाहक सवारी भने रातको समयमा मात्र गुड्ने गरेका थिए । पाँचथर, ताप्लेजुङलगायत जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रबाट आएका ठूला सवारी धोबीधारा, झापा र सुनसरीलगायतबाट आएका ठूला सवारी जिरोकिलोमा पार्किङ गरी राखेर रातको समयमा ओहोरदोहोर गरिँदै आइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com