ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतका डाँडामा हिउँ खेल्नेको लर्को


एबीसी / संवाददाता
माघ २३, २०७८ आईतबार  ४ : २३ बजे

पर्वत, २३ माघ । गएको बिहीबार रातिदेखि परेको भारी हिमपातले यहाँका अग्ला डाँडा सेताम्मे बनेका छन् । जिल्लाको लेखफाँट, शालिजा, बनौँ, भुकताङ्ले, देउपुर, पञ्चासे, डहरेदेउराली, क्याङ, चिसापानी, गोल्र्याङलगायत ठाउँमा भारी हिमपात भएको छ । शुक्रबार दिनभरजसो वर्षा र हिमपात भयो । शनिबार बिहानदेखि मौसममा सुधार आएसँगै हिउँ खेल्न जानेको लर्को नै लागेको छ ।

सदरमुकाम र आसपासका गाउँदेखि हिउँ खेल्न आउनेको लर्को नै लागेको स्थानीयवासीले बताएका छन् । कतिपय आफ्नै सवारीसाधन लिएर त कतिपय गाडी रिजर्व नै गरेर भए पनि हिउँ खेल्न आएको जलजला गाउँपालिका–९ बनौंका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार बनौमा मात्रै सयाैँ सवारीसाधनमा मानिस हिउँ खेल्न आएका थिए । यो हिउँ झण्डै एक सातासम्म नपग्लने भएकाले खेल्न आउनेको सङ्ख्या अझै बढ्ने उहाँको भनाइ छ । शनिबार बिदाको दिन परेकाले हिउँ खेल्न आउनेको सङ्ख्या अत्यधिक रहेको पुनले बताउनुभयो ।

त्यस्तै लेखफाँटको फलामेडाँडा, क्याङको हलहले, पञ्चासे क्षेत्रमा पनि आसपासका गाउँ र सदरमुकाम कुश्मा, बागलुङ तथा पोखराबाट समेत हिउँ खेल्नका लागि आउनेको सङ्ख्या उल्लेख्य रहेको थियो । हिउँ खेल्ने, तस्बिर खिचाउने र टिकटक बनाउने पारखी बढी मात्रामा हिउँ खेल्न गएको स्थानीय बुद्ध पुनले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा समेत हिउँ खेलेका तस्बिर र टिकटकले भरिएको पाइएको छ । यहाँ हरेक वर्ष उच्च पहाडी भेगमा हिउँ पर्ने गर्दछ । वर्षमा एकपटक मात्र हिउँ पर्ने भएकाले पनि हिउँ खेल्न जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

रोल्पामा वर्षमान पुन विजयी

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा

रुकुम पूर्वमा उत्साहजनक मतदान: सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो, महिलाको सहभागिता पनि उल्लेख्य

प्रचण्डको रोल्पा भाषण : प्रत्यक्ष कार्यकारीको माग अझै जीवित, निर्वाचनपछि संविधान परिमार्जन गर्ने प्रतिबद्धता

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com