ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होचा तथा फरक क्षमता भएका सुनारको सगरमाथा चढ्ने साहस


एबीसी / संवाददाता

गण्डकी, २२ माघ । सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन । सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला । निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले)  पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गर्नुभएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका-११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाउनुभएको छ । अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३.५ फिट उचाइ र ३५ केजी तौलका सुनारले सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास थाल्नुभएको छ । उहाँले आगामी वैशाखमा राष्ट्रिय झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । फरक क्षमता भएर पनि मनोबल उच्च राखे जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि आफ्नो अभियानको लक्ष्य भएको उहाँले राससलाई बताउनुभयो । उहाँको शरीरभन्दा टाउको ठूलो छ भने खुट्टाका पाइताला बाङ्गिएका छन् । “सगरमाथामा विश्वका धेरै व्यक्तिले विभिन्न कीर्तिमानी कायम गरिसक्नुभएको छ”, सुनारले भन्नुभयो, “होचो कद र अपाङ्गता भएका एउटै व्यक्तिको कीर्तिमानी कायम गर्ने दाबीका साथ तयारीमा जुटेको छु ।” आरोहणको पूर्वतयारीका साथ दोलखा जिल्लास्थित पाँच हजार ९२५ मिटर उचाइको रामदुङ हिमाल सकुशल आरोहण गरिसक्नुभएका सुनारले यतिखेर आर्थिक सहयोग गरिदिनुहुन सबैसँग हार्दिक अपिल गर्नुभएको छ । बाबु दुर्गाबहादुर र आमा कमला सुनारका पाँच भाइमध्येका कान्छा छोरा सुनारले भने दिदी उर्मिला सुनारको साथी कान्छीमाया तामाङ अभियानको प्रेरणाका स्रोत भएको बताउनुभयो । तामाङ २१ पटक सगरमाथाको सफल आरोहणसहित विभिन्न नौवटा कीर्तिमानी कायम गर्ने पेम्मादोर्जे शेर्पाका श्रीमती हुनुहुन्छ । गाउँको सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेको सुनारले ठट्यौली पारामा भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्केपछि विवाह गर्ने सोचमा छु ।” सुनारको आरोहण टोलीमा कीर्तिमानी पेम्मादोर्जे शेर्पासहित रहनुहुने तयारी गरिएको छ । आरोहणका लागि एक करोडभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ । आरोहण अभियानमा जुटेका उनका माइला दाइ सुरेश सुनारका अनुसार भाइले दृढ इच्छाशक्ति देखाएको हुँदा सफल हुने विश्वास व्यक्त गर्दै विभिन्न खाले तयारीका लागि हालसम्म रु. १० लाखभन्दा बढी खर्च भईसकेको छ । भाइ जन्मँदा स्वस्थ थियो तर पछिल्लो समय नबढेको र खुट्टा समेतमा समस्या देखिएको उहाँको भनाइ छ ।

आरोहणका लागि अझै पनि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने सुन व्यवसायमा संलग्न उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सागरका जेठा दाजु सुभास काठमाडाैँ स्थित म्यानपावर सञ्चालक हुन् भने साइलो दाजु सुदर्शन सुनारसहित आमाबुबा अमेरिका र साइलोे दाइ शुक्रराज सुनार पनि दाइकै म्यानपावर कम्पनीमा कार्यरत हुनुहुन्छ । विश्वको उच्च शिखर सगरमाथा आरोहणको तयारीमा लागेका सागर सुनारको अभियानमा गाउँपालिकाको साथ र सहयोग रहने भएको छ । गाउँपालिकाको पहिचान भएको भन्दै सुनारको आरोहणमा सर्वपक्षीय भेलाको आयोजना गरेको हो । नेपालमात्र नभई विश्व कीर्तिमानमा जुटेका सुनारको सहयोगका लागि गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम) को संयोजकत्वमा मादीका सम्पूर्ण जनप्रतिनिधि, पोखरा महानगरपालिकाका प्रमुख, माछापुच्छ्रे, रुपा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, कास्की जिल्लाबाट निर्वाचित सङ्घीय एवम् प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसभामुख, मादी गाउँपालिकामा जन्म भई पोखरामा बसोबास गर्दै आएका विभिन्न १८ वटा तमु समाजका प्रतिनिधि सम्मिलित ३०० को सहयोग समिति गठन गरेको छ । भेलामा कीर्तिमानी आरोही पेम्मादोर्जे शेर्पा, विभिन्न राजनैतिक पार्टीका प्रमुख एवम् प्रतिनिधि, तमुसमाज, उद्योगी तथा व्यवसायी, आमा समूह लगायतले मादीको मात्र नभई नेपालकै गौरव यो अभियानलाई आ–आफ्नो स्थानबाट नैतिक, भौतिक तथा आर्थिकरुपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेलामा गाउँपालिकाका अध्यक्ष गुरुङले सबैको साथ सहयोग रह्यो भने आवश्यक रकम सङ्कलन गर्न सफल हुने विश्वास व्यक्त गर्दै सुनारले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com