ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीसिद्धनाथ मन्दिर अस्तित्वको सङ्कट झेल्दै


एबीसी / संवाददाता
माघ १९, २०७८ बुधबार  १ : २९ बजे

महोत्तरी, १९ माघ । नदी निकटका तीर्थस्थलको संसारभरि प्रसिद्धि सुनिन्छ । मुलुककै कैयन नदी काखका तीर्थस्थलको देशदेशभरमा चर्चा हुन्छ । तर महोत्तरीको प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर नदीकै कारण अस्तित्वको सङ्कट झेल्दैछ ।
अहिले भङ्गाहा नगरपालिका–५ सिद्धपुरमा पर्ने रातु र बडहरि नदीको सङ्गममा रहेको यो अति प्राचीन शिवालय रेखदेख र सम्भार नपाएर अस्तित्वकै सङ्कटको स्थितिमा पुगेको हो । धेरैअघि वरपर घना वनजङ्गल छँदै दूधारीबाबा भनिने एक सन्तले सपनामा पाएको निर्देशनअनुसार श्रीसिद्धनाथ महादेवको शिवलिङ्ग पत्ता लगाएर पूजाआराधना सुरु गराएको मानिन्छ ।

करिब ५०० वर्षअघि पत्ता लागेको मानिने हिन्दू आस्थाको केन्द्र प्राचीन यो धार्मिकस्थल अब रेखदेख र सम्भार नपाएर बगर बन्दै गरेको यस भेगका सर्वसाधारण बताउँछन् । “यो प्राचीन धार्मिक धरोहर अब भावी पुस्ताले हेर्न पाउने छाँट छैन, वर्षेनि मन्दिर परिसर बगर बन्दैछ, हेर्ने कोही छन् भन्ने देखिदैन”, भङ्गाहा–५ सीतापुरका बासिन्दा नेपाल सरकारको सहसचिव सेवाबाट निवृत्त रामबहादुर भुजेल भन्नुहुन्छ, “मन्दिर परिसरप्रति सम्बद्धपक्षको उपेक्षाले यो खण्डहर बन्ने देखिन्छ ।” स्थानीयतह, जिल्ला समन्वय समिति, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, प्रदेश सरकार र सङ्घीय सरकार कसैको यो ठाउँमा आँखा नपुगेको भुजेलको थप गुनासो छ । वर्षेनि महाशिवरात्री र साउने सोमबारे मेला लाग्ने यो मन्दिरमा दर्शन गरेपछि चर्मरोग निको हुने जनविश्वास छ । चर्मरोगले दुःख दिएका पीडित यहाँ आएर दर्शन गर्ने र भाकल गर्ने गर्छन् । रोग निको हुन भाण्टाको भार चढाउने भाकल यहाँको परम्परा रहेको हुँदा महाशिवरात्रीमा भाकल दिनेको भीड निकै लाग्ने गर्छ । महोत्तरी मात्र नभएर आसपासका जिल्ला र छिमेकको भारतबाट पनि श्रद्धालु भक्तजन बाक्लै आउने यो मन्दिरको संरक्षण र सम्भारमा मुख्यत स्थानीयतहले पहलकदमी लिनुपर्ने सिद्धपुरका स्थानीयवासी बताउँछन् ।

“पहिलो चासो त हाम्रै नगरपालिकाले लिनुपर्ने हो, तर खै वास्ता दिएको देखिन्न”, सिद्धपुरका निरेखन सादा भन्नुहुन्छ, “महाशिवरात्री मेलाको ठेक्का लाग्ने बेला चहलपहल गरेको देखिन्छ, त्यसपछि श्रीसिद्धनाथलाई फर्केर हेर्ने कोही देखिएनन् ।” वर्षेनि लाग्ने महाशिवरात्री मेलाको ठेक्का रकममात्रै पनि मन्दिर परिसरले संरक्षणमा नपाएको निरेखनको गुनासो छ । “मेलाका बेला ठेक्का रकममा चलखेल गर्न हल्लीखल्ली गर्छन्”, सादा भन्नुहुन्छ, “त्यसपछि वर्ष दिन फेरि कसैले यो ठाउँ सम्झदैनन् ।” पाँच/सात वर्षअघि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले एउटा सानो धर्मशाला निर्माण र राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिको जनकपुर कार्यालयले एक पटक बडहरी नदीमा एक ठाउँ छड्के बाँध्नेबाहेक त्यसयता यहाँ कोही फर्केर नआएका सिद्धपुरवासीको गुनासो छ । दुई नदीको सङ्गमस्थलमा रहेको मन्दिर परिसरलाई रातुभन्दा बडहरी नदीले बढी क्षति पु¥याइरहेको छ । आजभन्दा १० वर्ष पहिले मन्दिर परिसर वरिपरीको ५० बिघाभन्दा बढी क्षेत्र नदीले कटान गरेर बगर बनाइसकेको भङ्गाहा–५ का वडासदस्य परेखन सादा बताउनुहुन्छ । “हामीले निरन्तर मन्दिर संरक्षणको कुरा नगरसभामा उठाउँदै आएका छौं”, परेखन भन्नुहुन्छ, “तर हाम्रो बोली जिम्मेवारतहबाट सुनवाइ नै हुँदैन ।”

दूधारीबाबाले शिवलिङ्ग पत्ता लगाएर पूजाआराधना थालेपछि कालान्तरमा स्थानीय बासिन्दाले काठको मन्दिर बनाएका थिए । दुई दशकअघि काठे मन्दिरका ठाउँमा पक्की मन्दिर बनेपनि त्यसयता नदी कटान नियन्त्रण हुन नसक्दा अब यो धार्मिकस्थलको अस्तित्व नै मेटिने हो की भन्ने चिन्ता बढेको नेपाली कांग्रेस भङ्गाहा नगर सभापति रुपनारायण सिंह थारु बताउनुहुन्छ । “पूर्खाले संरक्षण र सम्भार गर्दै आएका प्राचीन श्रीसिद्धनाथ मन्दिरबारे आमचासो बढ्न आवश्यक छ”, थारु भन्नुहुन्छ, “मधेस प्रदेशकै प्रसिद्ध तीर्थस्थल मानिएको यो मन्दिर संरक्षणका लागि स्थानीयतहले तत्काल पहलकदमी लिनपर्छ ।” बर्खामा नदीले कटान गरिरहँदा अब यसका लागि केही गर्नुपर्छ भन्ने र हिउँद लागेपछि कानमा तेल हालेर बस्ने प्रवृतिले मन्दिर उपेक्षित बन्दै गएको थारुको भनाइ छ ।

यसैबीच भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले मन्दिर संरक्षणका लागि नदी नियन्त्रण व्यवस्थापन नै पहिलो काम रहेको बताउनुभएको छ । “नदीमा तटबन्ध निर्माण नै पहिलो आवश्यकता हो”, साह भन्नुहुन्छ, “नगरको सीमित बजेटले यो काम पार लाग्दैन, प्रदेश र सङ्घीय सरकारलाई घचघच्याई रहेका छौं ।” बडहरी नदीमा माथिदेखि नै तटबन्ध बनाइए मन्दिर र सिद्धपुरबस्ती कटानबाट जोगाउन सकिने र यसबारे विभिन्न निकायबीच समन्वय भइरहेको साहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा: सुरक्षित सिटको खोजी कि राजनीतिक अस्तित्वको संघर्ष?

सर्लाही–३: नारायणकाजीको मधेशी दाउ (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com