ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


एबीसी / संवाददाता
माघ ७, २०७८ शुक्रबार  ३ : ०२ बजे

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण तीव्र बनेपछि नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो ।

मुलुकभर कोरोना भाइरस सङ्क्रमण बढेका कारण शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । कोरोना बढेसँगै सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सार्वजनिकस्थलमा खोप कार्ड अनिवार्य गरेको छ । यस्तै आज रातिदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । यसअघि माओवादीको केन्द्रीय समिति बैठक गत पुस २५ गतेका लागि बोलाइएको थियो । केन्द्रीय कार्यालयका कर्मचारीलगायत नेतामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैठक भोलिसम्मका लागि स्थगन गरिएको थियो । पुस अन्तिम साता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेतलगायत एक दर्जनबढी नेतामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

महाधिवेशन सम्पन्न भएलगत्तै गत पुस १८ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो । त्यसपछि बस्ने बैठकले पदाधिकारीको चयन गर्ने बताइए पनि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बैठक स्थगन भएसँगै पदाधिकारी चयन अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com