ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी


एबीसी / संवाददाता
पुस २९, २०७८ बिहीबार  ७ : ३८ बजे

नाइजेरिया । बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरू बीचको वर्षौंदेखि संघर्ष चलिरहेको छ । यद्यपि अधिकारीहरूले प्रायः आपराधिक गिरोहहरुलाई हालैका आक्रमणहरुको लागि दोष लगाउँदै आएका छन् । आक्रमणकारीहरूले मङ्गलबार राति पठारको बासा स्थानीय सरकारी क्षेत्रको आन्चा समुदायमा आक्रमण गरेका अधिकारीहरुले बताएका छन् ।

“आक्रमणकारीहरु रातको समयमा बन्दुक लिएर गोली हान्दै आएका र केही समयपछि मात्र सुरक्षाकर्मीहरु पुगेका आन्चा निवासी डिक्सन अटाले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । “गोलीको आवाज सुनेपछि हामी मध्ये केही झाडीमा भाग्न सफल भयौं र यसरी हामी भाग्यौं।“स्थानीय इरिग्वे समुदायका नेता डेभिडसन मलिसन बताउनु भएको छ । आक्रमणमा १८ जनाको ज्यान गएको उहाँ बताउनु भएपनि आधिकारिक मृत्युको संख्या भने बताउनु भएको छैन् ।

‘दुई घण्टाभन्दा बढी समयसम्म चलेको आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्,’ मलिसनले एक विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ । २४ ओटा भन्दा बढी घरमा आगजनी हुनुका साथै सवारी साधन, मोटरसाइकल र बाली नष्ट भएको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com