काठमाडौँ । नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको भन्दै स्वतन्त्र नागरिक समूहले चीनविरुद्ध विरोध प्रदर्शन गरेको छ।
काठमाडौँको माइतीघरमा भएको प्रदर्शनको क्रममा चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको र अन्य प्रजातान्त्रिक देशविरुद्ध गतिविधि गरेको भन्दै चीनको बिरोध गरिएको हो। प्रदर्शनमा सहभागीले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर, तेस्रो देशसँगको सम्बन्धमा नखेल, नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर लगायतका नारा लगाउँदै प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए।








प्रतिक्रिया दिनुहोस्