ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘रोगले होइन भोकले मर्ने दिन आउन नदिन सचेत र सजग रहनुपर्छ’


एबीसी / संवाददाता

काठमाडौं । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको मोरङको आज बसेको बैठकमा सहभागीले ‘रोगले होइन भोकले मर्ने’ दिन आउन नदिन आमनागरिक सचेत एवं सजग रहनुपर्ने आवश्यकता औँल्याइएको छ ।

गएको कात्तिक महिनामा आएको बैमौसमी वर्षा र बाढीबाट भएको किसानको धानबाली क्षतिलाई राहत वितरण गर्न, विगत केही दिनदेखि तराईमा बढ्दै गएको चिसो र शीतलहरबाट गरिब एवं विपन्न परिवारलाई जोगाउन तथा ओमिक्रोन भाइरसबाट आमनागरिकलाई बच्न र बचाउन के के उपाय अपनाउन सकिन्छ भन्ने धारणा बुझ्न र राहत वितरण गर्ने उद्देश्यले आयोजित सो बैठकमा उद्योगी व्यापारी, स्थानीय पालिका प्रतिनिधि, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, जनस्वास्थ्य प्रमुख, कोशी अस्पतालका प्रमुखको सहभागिता रहेको थियो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुलीले विपद् न्यूनीकरणमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको जानकारी दिँदै सरकारले विपद्मा परेका नागरिकलाई उद्धार, राहत वितरणमा चासोको साथ काम गरिरहेको छ भत्रुभयो । विपद्मा अग्रभागमा काम गर्ने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ७० जनालाई विपद् पूर्वअभ्यास तालिम दिएको र सो तालिम स्थानीय पालिकाका नगर रक्षक एवं अगुवा नागरिकलाई पनि दिन आवश्यक छ भन्नुुभयो ।

प्रजिअ दाहालले कोरोना भाइरसबाट आमनागरिकलाई जोगाउन नेपाल भारतको वैध सीमाबाट मात्र नागरिक ओहोरदोहोर गराउने जानकारी दिँदै विपद् व्यवस्थापन कोषमा अहिले रु एक करोड १० लाख, एक हजार कम्बल रहेको जानकारी दिनुभयो । उहाँले जिल्लामा विपद्मा परेका, गरिब एवं विपन्न परिवारमा न्यानोका लागि एक÷एक थान कम्बल बाँड्ने र यसका लागि स्थानीय पालिकालाई लक्षित वर्गको सूची तत्काल पठाउन निर्देशन दिनुभयो । अहिले रतुवामाई नगरपालिका, जहदा गाउँपालिका, कटहरी र विराटनगर महानगरपालिकाबाट अति प्रभावित क्षेत्रका नागरिकका लागि कम्बल माग भइआएको प्रजिअ दाहालले बताउनुभयो ।

उहाँले आगामी दुई दिनभित्र विवरण सङ्कलन गरेर कम्बल बाँड्ने भन्दै जिल्ला वन कार्यालयले त्यस्ता वर्गलाई निःशुल्क मुढा र दाउरा उपलब्ध गराउने भएकोले जनप्रतिनिधिले चासोका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले नागरिकको ज्यानको सुरक्षा गर्न राज्यको दायित्व पनि भएकाले सीमा क्षेत्रका हेल्प डेस्कले ट्रेसिङ, टेस्ट र ट्रिटमेन्ट कार्यलाई एक साथ अघि बढाउनु पर्ने सुझाव दिनुभयो ।

कोशी अस्पतालका प्रमुख डा चुमनलाल दासले कोरोनाले नकारात्मकभन्दा पनि सकारात्मक हुन पनि सिकाएकाले यसैका लागि नागरिकले अपनाएको स्वास्थ्य सुरक्षा मापदण्डबाट डाइरिया र स्वासप्रस्वासको रोगी घटेको जानकारी दिनुभयो । उहाँले हात धुने र मास्क लगाउने बानीका कारण नागरिकको स्वास्थ्यमा सुधार आएको बताउँदै कोशी अस्पतालमा छ वटाबाट १२ वटा आइसियु बनाएको र कुनैमा पनि बिरामी खाली नरहेको जानकारी दिनुभयो । जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले खोपको कुनै समस्या नरहेको भन्दै सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था छ र यसकालागि स्थानीय पालिकाहरुले समन्वय गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com