काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार टेलिफोन कुराकानी भएको छ । दुई देशको परारष्ट्रमन्त्री विच नेपाल र भारतको द्विपक्षीय सहकार्यका विविध क्षेत्रका प्रगतिबारे छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिनु भएको हो । विकास, साझेदारी र कोरोना महामारीमा नेपालभारत सहकार्य उल्लेखनीय रहेको जयशंकरले उल्लेख गर्नु भएको छ ।
आगामी दिनमा नेपाल भारत सहकार्यको दायरा अझ फराकिलो बनाउनेबारे कुराकानी भएको जयशंकरले बताउनुभयो । सो अवसरमा दुई मन्त्रीबीच नयाँ वर्ष २०२२ को शुभकामना आदान प्रदान पनि भयो । यसैबीच यही पुस २५ देखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ।








प्रतिक्रिया दिनुहोस्