काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तासँग प्रत्यक्ष भेटघाट बन्द गर्नुभएको छ । नेकपा माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक सबै ६ जनालाई नै कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अध्यक्ष प्रचण्डले कार्यकर्तासँग प्रत्यक्ष भेटघाट बन्द गर्नुभएको हो । छ । कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुली सहितलाई कोरोनाभाइरस संक्रमण भएपछि अध्यक्ष प्रचण्डले आजबाट भेटघाट बन्द गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
बिहीबार एक विज्ञाप्ति जारी गर्दै प्रचण्डको स्वकीय सचिवालयले अब पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्ने जानकारी दिइएको छ ।







प्रतिक्रिया दिनुहोस्