काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को अनुगमन गर्नुभएको छ । शिक्षामन्त्री पौडेलले एमबीबीएस पढ्ने विद्यार्थीसंग सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिनुभएको हो । अनुगमनको क्रममा मन्त्री पौडेलले कलेज प्रतिनिधिलाई भने बढी शुल्क नलिएको प्रमाणित गर्न नसके कारवाही हुने चेतावनी दिनुभयो ।
मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिनुभयो । आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, कलेज प्रशासन र जिल्ला प्रशासन कार्यालयलाई वार्तामा बसेर समस्याको समाधान खोज्न मन्त्री पौडेलले आग्रह गर्नुभयो । मन्त्री पौडेलसंगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भोलि बिहान साढे १० बजे वार्ता हुने जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्