काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरात राज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ समिट तत्कालका लागि स्थगित भएको छ । भारतीय पत्रिका द हिन्दुका अनुसार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै जनवरी १० देखि हुने भनिएको समिट गुजरात सरकारले सारेको हो । त्यहा“का विपक्षी दलहरुले ओमिक्रोनको बढ्दो संक्रमणका कारण समिट स्थगित गर्न माग गरेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । गुजरात सरकारले समिटको अर्को मिति भने तय गरिसकेको छैन । सन् २००३ देखि सुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट दुई÷दुई वर्षमा हुने गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी भइरहेको थियो । समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने÷नजानेबारे निर्णय भएको छैन । यद्यपि उहा“को सचिवालयले भने ओमिक्रोनको अहिलेको कहरबीच प्रधानमन्त्रीको भ्रमण स्थगित नै हुने जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्