काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले राष्ट्रियसभा सदस्यमा आफ्ना उम्मेदवारहरूलाई जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको छ । समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतमा आज बिहान बालुवाटारमा बसेको बैठकले आफ्ना उम्मेदवारलाई विजयी गराउन मतदाताहरूलाई अपिल गर्दै यसका लागि सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको हो ।
गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र बनाउने र केन्द्रको समन्वय समितिले राष्ट्रियसभा सदस्यमा उठेका आफ्ना उम्मेदवारहरूलाई जिताउन अपिल निर्णय बैठकले गरेको हो । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको गरेको छ ।








प्रतिक्रिया दिनुहोस्