काठमाडौं । अमेरिका, बेलायत, चीन, रुस र फ्रान्सले परमाणु हतियारको विस्तार र परमाणु युद्धको सम्भावना अन्त्य गने बारेमा सहमति जनाएका छन् । सोमवार रुसको तर्फबाट जारी गरिएको पा“च देशको साझा विज्ञप्तिमा परमाणु हतियारको विस्तार र दुई परमाणु हतियार भएका देश युद्धको स्थितिबाट बच्नुपर्ने भनिएको बीबीसीले जनाएको छ । यी पा“च देश संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य हुन् ।
परमाणु शक्तिबीच युद्धबाट बच्न र रणनीतिक जोखिम कम गर्न आफूहरूको प्राथमिक जिम्मेवारी भएको यी देशले मानेका छन् । समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चीनका उप विदेश मन्त्री मा जाओक्सुले संयुक्त विज्ञप्तिले आपसी विश्वास बढाउन सहयोग गर्ने र समन्वय–सहयोगले ठूला शक्तिबीच प्रतिस्पर्धालाई परिवर्तन गर्न सकिने बताउनुभएको छ । चीनले परमाणु हतियारलाई लिएर ‘नो फर्स्ट युज’ अर्थात् (पहिले प्रयोग नगर्ने) नीति लिएको छ ।
फ्रान्सले पनि विज्ञप्ति निकालेर पा“च देशले परमाणु हतियार नियन्त्रण र निरस्त्रीकरणका लागि आफ्नो दृढ सङ्कल्पलाई दोहोर्याएको बताएको छ । यसका लागि द्विपक्षीय र बहुपक्षीय प्रयास चलिरहने फ्रान्सको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्