ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चिसो मौसममा उच्च रक्तचाप किन जोखिमपूर्ण?’ कसरी बच्ने? (विज्ञहरुको सुझाव)


एबीसी / संवाददाता
पुस १९, २०७८ सोमबार  ३ : ०१ बजे

चितवन । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले आफूमा रक्तचाप छैन भन्नेहरुमा पनि रक्तचाप बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसम सुरु भएयता अन्य प्रयोजनले परीक्षणमा आउने बिरामीमा उच्च रक्तचाप धेरैमा देखिन थालेको छ ।” यसअघि कहिल्यै रक्तचाप उच्च नदेखिएका र थाहासमेत नपाएकामासमेत समस्या देखिएको उहाँको भनाइ छ । उहाँले रासससँग भन्नुभयो, “मलाई उच्च रक्तचाप छैन भन्नुहुन्छ, तर परीक्षण गर्दा रक्तचाप उच्च देखिएको छ ।”

हरेक तीन जना उच्च रक्तचापका बिरामीमध्ये एक जनालाई आफूमा रक्तचाप रहेको थाहा नहुने गरेको उहाँले अनुभव सुनाउनुभयो । रक्तचाप पत्ता लागेर नियमित औषधि सेवन गरेका भन्दा रक्तचाप रहेको तर थाहा नै नपाएका बढी जोखिममा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उच्च रक्तचाप भएर पनि थाहा नपाउनु वा परीक्षण नगर्नु अत्यन्त जोखिमपूर्ण हो ।” उहाँले समय समयमा रक्तचाप परीक्षण गर्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो “म स्वस्थ छु भनेर यसै बस्नु हुँदैन, समय समयमा परीक्षण गराउनुपर्छ ।”

पुष्पाञ्जली अस्पताल प्रालिमा बिहान र बेलुकाको समयमा बिरामी परीक्षण गर्दै आउनुभएका डा अधिकारीले आफूकहाँ दुई दिनको बहिरङग परीक्षणमा आउने बिरामीको रेकर्डमा नै करिब २५ प्रतिशतमा पहिलो पटक अत्यधिक रक्तचाप देखिएको बताउनुभयो । उहाँले भन्नुभयो “बिरामी धेरैले पहिला कहिल्यै रक्तचाप नदेखिएको र आफूलाई थाहा पनि नभएको बताउनुभयो ।”

गर्मी मौसममा पसिना बढी आउने हुँदा पसिनाबाट नूनको मात्रा बाहिरिने र शरीरमा नून घट्ने बताउँदै उहाँले जाडो समयमा शरीरमा नूनको मात्रा बढी हुने जानकारी दिनुभयो । डा अधिकारीले भन्नुभयो, “जाडोमा शरीरका रगतका नलीहरु खुम्चिन्छन् र जाम हुन्छन् । यस्तो अवस्थामा नलीहरुले निचोरेर रगतलाई मुटुमा फिर्ता पठाउँछन् ।” मुटुले पनि आफूसँग आएको रगतलाई पुनः ९पम्प० फाल्ने काम गर्छ । यसरी नली खुम्चिएर फिर्ता पठाएको रगत मुटुले तत्काल नली तर्फ नै फिर्ता पठाउदा रक्तसञ्चारको प्रवाह नमिलेपछि रक्तचाप बढ्ने अधिकारीको भनाइ छ ।

जाडो मौसममा मादक पदार्थ, चुरोटलगायतका सूर्तिजन्य पदार्थ, माछामासु बढी प्रयोग गर्ने हुँदा पनि यो मौसममा रक्तचाप बढ्ने उहाँले बताउनुभयो । विश्वको जनसङ्ख्याको करिब ४ भागमा एक भाग उच्च रक्तचाप भएका मानिस हुनथालेको बताउँदै डा अधिकारीले भन्नुभयो, “जबकी विश्वमा करिब २५ प्रतिशत जनसङ्ख्या त बच्चा र युवकको छ ।” विश्वमा तीन प्रकारका उच्चरक्तचापका मानिस रहेको बताउँदै उहाँले अगाडि थप्नुभयो, “पहिलो–उच्चरक्तचाप छ तर थाहा छैन, दोस्रो–उच्चरक्तचाप छ, दबाइ खान्छ तर कन्ट्रोल छैन र तेस्रो– उच्चरक्तचाप छ, दबाइ खान्छ र कन्ट्रोल पनि छ, उद्देश्य तेस्रो हुनुपर्छ ।”

नियमित व्यायाम, दैनिक करिब ३० मिनेटको फटाफट हिँडाइ, नून तथा चिल्लो कम सहितको सन्तुलित भोजन, योगा, तनावमुक्त जीवनशैली र विज्ञको परामर्शमा आवश्यक परे औषधि सेवन गरी रक्तचापलाई १३०÷८० भन्दा कम राख्ने लक्ष्य राख्न उहाँले सुझाव दिनुभयो ।

चितवन मुटु अस्पतालका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी जाडो मौसममा उच्च रक्तचापसँगै मुटुको समस्या पनि बढी हुने बताउनुहुन्छ । उहाँले हृदयघात हर्टयाट्याक र हर्टफेलर हुनसक्ने जोखिम रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“उच्च रक्तचापसँगै दिमागको नशा फुट्ने र पक्षघात हुने हुन्छ, त्यसलाई स्ट्रोक भनिन्छ ।”

डा लौडारीले अगाडि भन्नुभयो,“जाडो मौसममा हातखुट्टाको रक्तनली खुम्चिने गर्दछ, ९जसलाई पेरिफेरल भ्यासोकन्स्ट्रीक्सन स्ट्रोक भनिन्छ ।०” धेरै चिसोमा हिँड्डुल नगर्न सुझाव दिँदै उहाँले घाम लागेको समयमा र चिसो कम भएको समयमा हिँड्डुल गर्न सुझाव दिनुभयो । नून, चिल्लो पदार्थ कम गर्न, मदिरा र धूमपान सेवन नगर्न, नियमित व्यायाम गर्न, मधुमेह, कोलस्ट्रोल र उच्च रक्तचापको नियमित परीक्षण गर्न उहाँले सुझाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com