ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जनप्रतिनिधि शासक होइन, जनताको सेवक बन्नुपर्छ’


एबीसी / संवाददाता

काठमाडौं । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताउनुभएको छ । झापाको विर्तामोडस्थित भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित ‘मिट माउन्ट’को आज उद्घाटन गर्दै उहाँले समाज रुपान्तरणका लागि जनप्रतिनिधि र नेताहरु सच्चिन जरुरी रहेको बताउनुभयो । नेपाली समाजमा शिक्षा आर्जन गर्दा डाक्टर र इञ्जीनियर नै बन्न प्रेरित गर्ने प्रचलन भएकाले कृषिप्रति आकर्षण कम भएको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिका–४ मा रहेको मिट माउन्टमा रेखाकुमारी कार्की, पल्मु शेर्पा, देवीकुमारी ढकाल र हिमा दङ्गालले रु १० करोड लगानी गर्नुभएको छ । त्यहाँ २० प्रकारका मासुमाछाको बिक्रीकक्ष छ । मिट माउन्ट सबै प्रकारका मासु माछा बिक्री हुने पसल हो । जहाँ खसी, भेँडा–च्याङ्ग्रा, बँदेल, टर्की, अस्ट्रिज, कुखुरा, बट्टाई, हाँस, कुखुरालगायतको मासु, माछा एउटै छातामुनि सुपथ मूल्यमा पाइने आयोजकको भनाइ छ । मिट माउन्टले देवभूमि बहुउद्देश्यीय कृषि फार्म इलाम र पूर्वी किरण कृषि फार्म झापासँग सहकार्य गरिरहेको छ । ती फार्मले कुखुरा, खसी, बँदेल, माछालगायतका पशुपक्षी उत्पादन गर्दै आएका छन् । मिट माउन्ट सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुरुप ८०० वर्गफिट क्षेत्रफलमा पशुपक्षी बधशाला र लगभग १३०० वर्गफिटमा बिक्रीकक्ष निर्माण गरिएको छ ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बालगायत सहभागि हुनुभएको मार्टका प्रबन्ध निर्देशक अबिचन्द्र रिजालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com