काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि आवश्यक परे जस्तोसुकै बलिदान दिन तयार रहेको बताउनुभएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रमा जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले ’जनयुद्ध’ सुरु गरेर शान्ति प्रक्रिया ह“ुदै गणतन्त्रको स्थापना, संविधान निर्माण गरेर आजको अवस्थासम्म आउनुलाई गतिशीलता भन्दै अब पनि आफ्नै टाउकोमा आगो लगाएर ंिहंड्न तयार रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले माओवादी सुधारवादी र अस्थिरतावादी बाटोमा लागेको टिप्पणीको खण्डन गर्दै आफ्नो पार्टी गतिशील रहेको दाबी गर्नुभएको हो । २०४५ सालमा सानो समूह, २०५२ सालमा जनयुद्ध सुरु गरेर शान्तिप्रक्रिया ह“ुदै गणतन्त्र स्थापना, संविधान निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?,’ भन्ने प्रश्न गर्दै अध्यक्ष प्रचण्डले आफूहरु अहिले पनि एउटा छलाङ हान्न खोजिरहेको बताउनुभयो । सशस्त्र युद्ध र सर्वहारा वर्गको लागि क्रान्ति गर्ने भनिएका माओवादीहरु पद प्रतिष्ठा र सुविधाभोगी भएको भन्दै पार्टीभित्रै आलोचना खेपेका अध्यक्ष प्रचण्डले आफू त्याग र कष्ट सहन तयार रहेको स्पष्ट पार्नुभयो । ’कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ भन्दै उहा“ले जरुरी पर्दा आफूलाई गाउ“घरमा जान, उनीहरुस“गै बस्न, मजदुरस“ग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो नभएको बताउनुभयो । माओवादी केन्द्रलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न आफू तयार रहेको भन्दै यो अन्तिम अवसर गुम्न नदिने दावी गर्नुभयो ।
जवाफका क्रममा उहा“ले आफ्नो प्रतिवेदनमा सबैका सुझाव समेट्ने प्रतिबद्धता जनाउनुभयो । प्रतिवेदन मूलतः सही छ भन्दै सुझाव आएको उल्लेख गर्दै उहा“ले प्रतिवेदनमा आमूल परिवर्तन आवश्यक नदेखिएको बताउनुभयो । बन्दसत्रमा जवाफ दिंदै उहा“ले भन्नुभयो ‘टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मूल स्परिट सही छ भन्नुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । त्यो पनि सुझाव नै हो,’ । उहा“ले आफ्नो प्रतिवेदन सिंगै हलको साझा प्रतिवेदन भयो भन्दै सबैको सुझाव समेटेर प्रतिवेदन सबैमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले बन्दसत्रको पहिलो दिन सोमबार ’२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो । बुधवार र विहबार सबै २५ सै समूहका टोली नेताले प्रतिवेदनमाथिको समूह छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्