काठमाडौं । गृहमन्त्री बालकृष्ण खा“णले सबै तहका निर्वाचनहरु समयमै सम्पन्न हुने बताउनु भएको छ ।
गृहमन्त्री खा“णले तीनवटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहा“ले जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनौट हुने गरी सबै तहको निर्वाचन हुने बताउनु भयो ।
गृहमन्त्री खा“णले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने विश्वास पनि व्यक्त गर्नु भयो । उहा“ले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरुलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताउनु भयो । उहा“ले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रुपमा आएको सो रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहो¥याउनु भयो । गृहमन्त्री खा“णले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरुको सामूहिक प्रतिवद्धताबाटै अघि बढाउनुपर्ने बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्