ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४१ सङ्क्रमित थपिँदा निधन हुनेको सङ्ख्या शून्य


एबीसी / संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको उल्लेख गरिएको छ । हिजो ९बुधबार० भने सङ्क्रमणबाट दुई जनाको निधन भएको थियो । अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५९० जनाको निधन भइसकेको छ । बुलेटिनमा पछिल्लो २४ घण्टामा आठ हजार ८९७ जनामा कोरोना परीक्षण गर्दा २४१ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८७१ पुगेको छ ।

पछिल्लो समय थप २२८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ७४६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । नेपालमा सङ्क्रमण दर १७।१ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा चार हजार ६३४, संस्थागत आइसोलेशनमा २३७, आइसीयूमा ८४ र भेन्टिलेटरमा २३ जनाको उपचार हुँदैछ ।

त्यसैगरी पछिल्लो समय ५६ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ३९ लाख ७१ हजार ६६८ जनाले र पूर्ण मात्रा एक करोड तीन लाख १० हजार ६९२ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com