ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु


एबीसी / संवाददाता
पुस १५, २०७८ बिहीबार  १ : २५ बजे

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उहाँकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् ।

खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए ।

घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com